Comments Add Comment

बैंकको ‘लिलामी’बारे केकीको प्रष्टीकरण

keki-adhikari३ मंसिर, काठमाडौं । अभिनेत्री केकी अधिकारीले बैंकले कालोसूचीमा राखेर लिलामीको सूचना निकाले पनि आफू र आफ्नो परिवारले आत्मविश्वास नगुमाएको बताएकी छन् ।

विभिन्न सञ्चारमाध्यममा सिभिल बैंकले उनको आरुबारी बेसीगाउँस्थित घरजग्गा लिलामीको सूचना जारी गरेको समाचार आएपछि अभिनेत्री केकीले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै विचलित नभएको प्रष्ट पारेकी हुन् ।

केकीका बुबा बद्री अधिकारीले लिएको ऋण तिर्न नसकेपछि बैंकले लिलामीको सूचना निकालेको थियो । केकीले   फेसबुक पेजमा बुधवार यसबारेमा प्रष्ट पार्न खोजेकी छन् ।

‘जीवनमा आईपर्ने साना ठूला कठिनाइहरुले म र मेरो परिवारलाई कहिल्यै विचलित बनाउने छैन । मेरो स्थानमा अरु जो कोही नै भए पनि, यस्तो परिस्थितिमा उक्त व्यक्तिले निर्वाह गर्ने भूमिका मेरो भन्दा भिन्न हुन्छजस्तो लाग्दैन । र जस्तोसुकै अवस्थामा पनि मेरो बुबा र आमा नै मेरो प्रेरणा का स्रोतहरु हुन् र रहनेछन्’ केकीले भनेकी छन् ।

सुख र दुःख घाम र छाँया जस्तै हो भन्दै उनी लेख्छिन्- केही भौतिक सुखहरु गुमाएँ हुँला, तर शून्यबाट शुरु गरेर अनन्तसम्म पुग्न सक्ने आत्मविश्वास गुमाएको छुइँन ।

केकीले विभिन्न माध्यमबाट आफूलाई हौसला दिने आफन्त र शुभचिन्तकलाई आभार प्रकट गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment