Comments Add Comment

आफ्नै चलचित्रको पोष्टरमा छैनन् आर्यन

aabeg
बसन्त निरौलाले निर्देशन गरेको चलचित्र ‘आवेग’को फष्टलुक सार्वजनिक भएको छ । तर, सार्वजनिक फष्टलुकमा चलचित्रका कलाकार कोही पनि समावेश गरिएको छैन । प्रचारका लागि तयार पारिएको पहिलो अनुहारमा आर्यनको हातको ‘लकेट’लाई मात्र देखाइएको छ ।

आर्यन सिग्देल, ध्रुव दत्त, अर्चना डेलाला, पवित्रा आचार्य लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई सूर्य कार्कीले प्रस्तुत गरेका हुन् । चलचित्र फाल्गुण ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

एक्सनप्रधान यो चलचित्रको फष्टलुक सार्वजनिक भएस“गै दर्शकमा कौतुहलता पनि छाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment