Comments Add Comment

दुबईमा युएईव्यापी खुल्ला गजल प्रतियोगिता सम्पन्न

UAEदुबई । गएको २१ नोभेम्बर शुक्रबार दुबईको सिन्ध पंजाब रेष्टुरेण्टमा “साहित्यको सम्मान-सभ्यताको पहिचान” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएई र भाषा तथा साहित्य प्रवर्द्धन समिति यूएईद्वारा युएईव्यापी खुल्ला नेपाली गजल प्रतियोगिता तथा श्रष्टा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

अध्यक्ष मोहराज शर्माको अध्यक्षता तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, कलाकार र पत्रकारहरुको आतिथ्यतामा रहेको प्रतियोगिता कार्यक्रमलाई जे सागरले संचालन गरेका थिए भने उपस्थित अतिथिहरुद्वारा संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रमको थालनी गरिएको थियो ।

यूएईमा धेरैजसो विविध सांगीतिक र विभिन्न विषयमाथि कार्यक्रमहरु हुने गर्दछन् भने यसपालीको कार्यक्रम अन्य कार्यक्रमहरुको तुलनामा अलग रहेको थियो । मरुभूमिको गर्मीलाई विदाई गर्दै चिसो तथा सुहानी मौसमको आगमनसँगै साहित्यिक अनुरागीहरुको उल्लेखय उपस्थितिमा गजल र कविता वाचनले सुनमा सुगन्ध थपिदिएको थियो ।

नेपालबाट आएका अतिथि आवाज शर्माका साथ स्थानीय टक गुरुङ र जीवन शर्मा अर्याल तीन जनाको निणर्ायक मण्डलमा जम्मा २५ जनाले आ-आफ्ना गजल तथा कविताहरु वाचन गरेका थिए । जसमध्ये प्रतियोगीहरुको रुपमा १८ जना र अप्रतियोगीहरुमा ७ जना रहेका थिए । त्यसैगरी विभिन्न देशमा कार्यरत रहेका कविहरुद्धारा पठाइएको एक दर्जनभन्दा धेरै गजल र कविताहरु समेत वाचन गरिएको थियो ।

गजल तथा कविता वाचन गर्नेहरुमा क्रमशः कृष्ण भट्टराई, रोहित भट्टराई, कोमलनाथ हिमाल, राजीव जिसी, कृष्ण कपौरोला, दुर्लभ थापा, ईन्धन डिपी भण्डारी, टपन घर्ती मगर, टेजविवश राई, ओमकुमारी खाँड, ईश्वर च्याङवा, विवश ज्ञवाली, जे सागर, जीपी तिवारी, मानबहादुर केसी, रुद्रप्रसाद सिटौला, सुरेश राना, टक गुरुङ, जीवन शर्मा अर्याल, अर्जुन दाहाल, लक्ष्मण खनाल, नवराज नवदित, लक्ष्मण भन्टना, निमेष गिरी र मोहराज शर्मा रहेका थिए ।

जम्मा १८ जना प्रतियोगीहरुमध्ये प्रथम स्थानमा राजीव जिसी, द्धितीय स्थानमा ईन्धन डिपी भण्डारी, तृतीय स्थानमा जीपी तिवारी, चौथो स्थानमा ईश्वर च्याङवा र पाचौं स्थानमा ओमकुमारीले हात पारेको थियो । निर्णयकहरुलाई पनि कदर-पत्र दिएर सम्मान गरेका थिए ।

सोही अवसरमा समाजका उपाध्यक्ष सुरेश रानालाई विदाई समेत गरिएको छ । उनी लामो समयदेखि यएईको बसाईपछि स्वदेश नेपाल र्फकन लागेका हुन् । अतिथि तथा समाजका पदाधिकारीहरुले संयुक्त रुपमा दोसल्ला र खादा ओढाई मायाको चिनो दिएर विदाई गरेका थिए ।

-लालबहादुर ढेंगाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment