Comments Add Comment

निर्माण व्यावसायी संघमा फेरि आचार्य निर्वाचित

achryjaआरपी सुवेदी

१५ मंसिर, नेपालगन्ज । मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघको नेतृत्वमा फेरि मोहनप्रकाश आचार्य निर्वाचित भएका छन् ।

बर्दियाको गुलरियामा भएको संघको छैठौं अधिवेशनले आचार्यको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

आचार्यले दोस्रो कार्यकालको लागि ६२ मत ल्याई विजयी भएका हुन । निकटतम् प्रतिद्वन्द्वी सशी शाहले ४८ मतमात्र ल्याएका थिए ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा सुर्खेतका चन्द्रबहादुर कोइराला निर्वाचित भएका छन् । उनले दाङ्गका जगदीशकुमार ओली लाई ४१ विरुद्ध ६९ मतले पछाडी पारेका हुन् । उपाध्यक्षहरुमा बाँकेका मेघजंग शाह, रोल्पाका मणिराम खत्री र कणर्ालीबाट कर्णबहादुर रावल निर्वाचित भएका छन् । राप्ती र कणर्ालीको उपाध्यक्ष निर्विरोध रहेपनि बाँकेका शाहले सुर्खेतका बसन्त विक्रम जिसीलाई पराजित गरेका हुन् ।

महासचिवमा बर्दियाका देविलाल न्यौपाने निर्विरोध भएका छन् भने सचिवमा कालिकोटका भक्तिप्रसाद न्यौपानेलाई ३ मतले पछाडी पार्दै सल्यानका डिल्ली केसी निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा दिपक पन्त सुर्खेत र सहकोषाध्यक्ष वंसिधर गुप्ता दाङ्ग निर्विरोध भए ।

सदस्यहरुमा यज्ञबहादुर केसी, भरत गिरी, नरेश विक्रम शाही, लालबहादुर सार्की, शान्तबहादुर बस्नेत, मानध्वज गिरी, महिला सदस्य सिता शर्मा, मनिकला राना, गंगा पोखरेल, तराई मधेशबाट श्रीनिवास बर्मा, जनजातिबाट उद्धवकुमार श्रेष्ठ र जयबहादुर कार्की निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष आचार्यले निर्माण व्यवसायिक क्षेत्रका तमाम समस्याहरुलाई समाधान गर्न नयाँ कार्यसमिति जोरबलका साथ लाग्ने प्रतिक्रिया दिंदै निर्माण व्यवसायी संघलाई विकास निर्माणको महत्वपूर्ण साझेदार संस्थाका रुपमा विकास गरेर लैजाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment