Comments Add Comment

सुरु भयो माल्भिकाको ‘हाउ फन्नी’

nisha how funny
काठमाडौं । पूर्व मिस नेपाल माल्भिका सुब्बाको निर्माणमा तयार हुने फिल्म ‘हाउ फन्नी’को सुटिङ शनिवारदेखि सुरु भएको छ ।
मन्दिरमा पूजा गरेर, क्यामेरामा फूल अक्षता चढाएर नरीबल फुटाउनुको अतिरिक्त बालगृहमा आश्रति वालवालिकालाई कापी कलम उपहार दिएर फिल्मको सुुटिङ सुरु भएको हो ।
नेपाली फिल्मको स्वरुपमा परिवर्तन ल्याउनका लागि काम गर्ने शैलीमा पनि परिवर्तन गर्नुपर्छ भन्ने माल्भिकाको मान्यता छ । वालवालिका नै भोलिका फिल्मका दर्शक भएकाले उनीहरुसँग सानिध्यता बढाएको माल्भिका बताउँछिन् ।
निलुडोमा शेर्पाले निर्देशन गर्ने फिल्ममा निशा अधिकारी, दयाहाङ राई, पि्रयंका कार्की, केकी अधिकारी, अनुपबिक्रम शाही, शिशिर राणा लगायतका कलाकारले अभिनय गर्ने छन् ।
आफ्नो सिनेमाले दर्शकको समय र पैसाको पूर्ण सदुपयोग गर्ने दाबी गर्ने माल्भिकाले ‘हाउ फन्नी’ नाम जस्तै हाँस्य परिवेशमा आधारित हुने जानकारी दिइन् ।
पहिलो पटक निर्देशक बनेकी शेर्पाले सिनेमालाई धेरै भन्दा धेरै रमाइलो बनाउन आफ्नो टिम लागि पर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment