+
+

स्वेता खड्का अष्ट्रेलियामा, ‘कोहिनुर’ शोमा सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २० गते १६:००

sweeta khadkaनायिका स्वेता खड्का अष्ट्रेलियातर्फ उडेकी छिन् । उनी जनवरी १ मा अष्ट्रेलियातर्फ उडेकी हुन् । नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि स्वेता विक्षप्त बनेकी छिन् ।

स्वेताले श्रीकृष्ण श्रेष्ठको जन्मदिनको दिनमा एक पत्र लेख्दै आफू अझै पनि उठ्न नसकेको जनाएकी थिइन् । जसबाट पनि उनी पीडामा रहेको प्रष्ट हुन्थ्यो ।

नायक श्रीकृष्ण श्रेष्ठसँग स्वेताले असार २३ गते बिहे गरेकी थिइन् । त्यसको एक महिनापछि साउन २४ गते नायक श्रेष्ठको भारतमा उपचारका क्रममा निधन भएको थियो । श्रीकृष्णको निधन पछि शोकमा डुबेकी स्वेता केही फ्रेस हुने अपेक्षाका साथ अष्ट्रेलिया जान आग्रह गरिएको निर्देशक आकाश अधिकारीले बताए । स्वेता भिनाजु चन्द्रप्रसाद श्रेष्ठको साथमा अष्ट्रेलिया उडेकी हुन् ।

स्वेता र श्रीकृष्णले अभिनय गरेको चलचित्र ‘कोहिनुर’को अष्ट्रेलियामा जनवरी ४ अर्थात आज एक शो भएको छ भने अर्को शो ९ तारिखमा हुनेछ । ।करिब २ साता बसेर स्वेता नेपाल र्फकनेछिन् । स्वेता श्रीकृष्णको निधनपछि बाहिर निस्किएकी थिइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?