Comments Add Comment

स्मिथले बनाए चार टेष्टमा सर्वाधिक रनको कीर्तिमान

Steven-Smith

२५ पुस, काठमाडौं । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले चार टेष्ट सिरिजमा सर्वाधिक रनको कीर्तिमान बनाएका छन् ।

भारतबिरुद्धको चौथो तथा अन्तिम टेस्टको चौथो दिन स्मिथले ७१ रन बनाउँदै नयाँ रेकर्ड राखेका हुन् । यससँगै उनले ७६९ रन बनाएका छन् । जुन चार वा त्यसभन्दा कम म्याचको टेष्ट सेरिजमा सर्वाधिक रन हो । स्मिथले ८ इनिङमा ४ सतक र २ अर्धशतक बनाए ।

यससँगै चौथो दिनको खेल सकिँदासम्म अष्ट्रेलियाले ६ विकेट गुमाएर २५१ रन बनाएको छ र समग्रमा ३४८ रनको अग्रता लिएको छ ।

निकै खराव सुरुवात गरेको अष्ट्रेलियाको पारी क्रिस रोजर्स र स्टिभ स्मिथले सम्हाले । त्यसपछि जो बर्नले अघि बढाए । सुरुवाती दुई विकेट डेभिड वार्नर (४) तथा सेन वाट्सन (१६) आउट हुँदा अष्ट्रेलियाले ४६ रन बनाएको थियो ।

स्मिथले ७१ र रोजर्सले ५६ रन बनाए । त्यस्तै आर्कमक ब्याटिङ गरेका जो बर्नले केबल ३९ बलमा ६६ रन बनाए । उनले ३ छक्का र ८ चौका प्रहार गरे ।

ब्राड हृयाडिन ३१ रनमा अविजित छन् । भारतका स्पीनर आ अश्विनले ४ विकेट लिए ।

यसअघि ५ विकेटको क्षतिमा बनाएको ३४२ रनबाट चौथो दिनको खेल थालेको भारत कुल ४७५ बनाउँदा अल आउट भयो । उसका लागि कप्तान कोहलीले १४७ रन बनाए भने रविचन्दन आश्विनले ५० रन बनाए ।

अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिए । सेन वाट्सन, रायन हृयारिस, जोश हृयाजलउड र नाथन लियोनले समान २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment