Comments Add Comment

आर्मीलाई हराउँदै पुसिल पोखरा कपको अन्तिम चारमा

२७ पुस, काठमाडौं । नेपाल पुलिस क्लब पोखरा कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वाटरफाइनलमा पुलिसले अर्को विभागीय टोली नेपाल आर्मीलाई २-० ले पराजित गरेको छ ।

अब उसले फाइनल प्रवेशका लागि ए डिभिजन लिग च्याम्पियन मानाङ मर्स्याङ्दीको सामना गर्नेछ ।

पोखरा रंगशालामा भएको खेलमा पुलिसले आठौं मिनेटमा जुमानु राईको गोलबाट अग्रता लिएको थियो । ५४ औं मिनेटमा निरकुमार कार्कीले पुलिसको अग्रता दोब्बर पारे ।

खेलमा थप गोल हुन सकेन पुलिस अन्तिम चारमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment