Comments Add Comment

टाटा जेस्टले जित्यो पाँच विधामा अवार्ड

TATA-ZEST-Car
१२ माघ, काठमाडौं । नेपाली बजारमा आउन लागेको नयाँ टाटा जेस्ट कारले भारतमा अवार्डहरु जित्न सफल भएको छ । टाटा मोटर्सको प्रभावशाली मोडलका रुपमा लिइएको यस कारले ताज ल्याण्ड्स एण्डमा भएको ब्लूमबर्ग टिभी अटोकार इण्डिया अवार्ड २०१५ जितेको छ ।

भारतको अग्रणी अंग्रेजी विजनेस न्यूज च्यानल ब्लूमबर्ग टिभी इण्डिया तथा भारतको अटो इण्डष्ट्रीको विस्तृत म्यागजिन अटोकार इण्डियाले संयुक्त रुपमा ल्याएको यो अवार्ड कार उत्पादक तथा खरिदकर्ताहरुबाट पनि प्रसंशित छ ।

भारतमा कार समीक्षाको लागि चर्चित अनलाइन पोर्टलहरु टीम बिएचपी र मोटर बिमले पनि टाटा जेस्टलाई ‘कार अफ द इयर २०१४’ अवार्डबाट पुरस्कृत गर्‍यो । यी पोर्टलका प्रयोगकर्ताहरुले यो कारलाई उचित मूल्यको कार भनेका गरेका छन् । यसमा उत्कृष्ट इन्टेरिअर र आरामदायी स्पेस हुनुका साथै मर्मत, सर्भिस र स्पेयरको मूल्य सुपथ रहेको कम्पनीको दाबी छ ।

यसैगरी, टाटा जेस्टले सिआइआई डिजाइन एक्सिलेन्स अवार्ड २०१४ पनि जित्न सफल भएको छ । यो अवार्ड सन् २०११ मा कन्फिडेरेशन अफ इण्डियन इण्डस्ट्रिजले डिजाइनलाई राष्ट्रिय प्रतिस्पर्धाको रुपमा अगाडि ल्याउन सुरु गरेको हो ।

कमर्सियल गाडी, विशेष प्रायोजनका गाडी तथा दुई पांग्रेहरुको मोबिलिटी समूहमा टाटा जेस्टले पाँच विभिन्न समूहको प्रतिस्पर्धालाई उछिन्दै सम्पूर्ण अवार्डहरु जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment