Comments Add Comment

सिप्रदी ट्रेडिङद्वारा निर्माण व्यवसायीलाई सम्मान

sipradi२० माघ काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले नेपाल निर्माण व्यवसायी महासंघको नवनिर्वाचित कार्य समितिलाई सम्मान गरेको छ ।

कम्पनीको केन्दि्रय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शम्भु प्रसाद दाहाल, प्रमुख सञ्चालक अधिकृत राजनबाबु श्रेष्ठ र भाइस प्रेसिडेन्ट राजेश प्रसाद गिरीले महासंघका नवनिर्वाचित अध्यक्ष शरद कुमार गौचनलगायतका ४९ जना पदाधिकारीहरुलाई अभिन्नदन गरेको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालले ग्राहक सन्तुष्टि नै सिप्रदीको पहिलो प्राथमिकता रहेको बताउँदै सोहीअनुरुप कम्पनीले प्यासेन्जर गाडीतर्फ १८ वटा सोरुम र कर्मसियल गाडीतर्फ १५ वटा सोरुम स्थापनागरिसकेको जानकारी दिए ।

त्यस्तै प्यासेन्जर गाडी सर्भिसतर्फ २० वटा र कर्मसियल गाडी सर्भिसतर्फ २८ वटा वर्कशप स्थापनागरी नेपाल भरी सञ्जाल विस्तार गरेको उनले बताए ।

ग्राहक सेवालाई नै लक्षितगरि सिप्रदी ले सन् २०१२ बाट ‘एक्सप्रेस सेवा’सुविधा सुरुवात गरेको थियो ।

यस अन्तर्गत एलपीटी २५१५ र एलपीटी २५१६ ट्रकहरु ७२ घण्टा भित्रमर्मत कार्य गर्दै आएको कम्पनीको दाबी छ । सो समायावधि भित्र मर्मत कार्य नसकिए ग्राहकलाई प्रतिघण्टा ११ सयका दरले क्षतिपुर्ति प्रदान गरिने दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment