Comments Add Comment

एउटा चित्रको मूल्य ३० अर्ब

एउटा पेन्टिङको मूल्य कति होला ? धेरैमा केही करोडसम्म । तर एक जना फ्रान्सेली कलाकारले बनाएको चित्र भने झण्डै ३० करोड अमेरिकी डलरमा बिकेको छ । कुनै एक चित्र यति धेरै रकममा बिकेको यो विश्वमै पहिलो घटना हो ।

कलाकार गगांगले सन् १८९२ मा बनाएको दुइ अविवाहित युवतिको चित्र कतारको एक संग्राहलयले यति चर्को मूल्यमा खरीद गरेको हो । नाफिया फा इपोइपो अर्थात् तिमीले कहिले बिहे गर्ने ? शीर्षको यो चीत्रमा फ्रान्स प्रशासित ताहिटी टापुका दुइ युवतीहरु रुखको फेँदमा बसेको देखाइएको छ ।

art

यो पेन्टिङका मालिक स्विस नागरिक रुडोल्फ स्टेचलिनले आफुसँगबाट चित्र खरीद गर्नेको नाम नखुलाउने बताएका छन् ।

केही दशकदेखि यो पेन्टिङलाई रुडोल्फले कुन्स्ट संग्राहलयमा राख्न दिएका थिए । तर संग्राहलयसँग केही विवाद परेपछि उनले उक्त चित्र त्यहाँबाट फिर्ता लिएर कतारी संग्राहलयलाई बेचेका हुन् ।
स्मरण रहोस् पल सेजान नामक कलाकारले बनाएको एउटा पेन्टिङ यसअघि कतारले नै २५ करोड ९० लाख डलरमा खरीद गरेको थियो ।

स्मरण रहोस् विश्वकै धनी देशमध्येको एक कतारको शाही परिवारले पश्चिमी कलाकृतका लागि पछिल्लो समयमा निकै धन खर्च गरेको छ ।

पूर्व संस्कृति मन्त्री शेख सउद बिन मोहम्मद अल थानीले कलाकृति खरीदका लागि सरकारी कोषबाट झण्डै १ अर्ब डलर खर्च गरेका थिए । उनको गएको वर्ष मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment