Comments Add Comment

एच एण्ड बि डेभलपमेन्ट बैंकको नाम परिवर्तन गरिने

H and B development bank2२९ माघ काठमाडौं । एच एण्ड बि डेभलपमेन्ट बैंकको नाम परिवर्तन हुने भएको छ । बुधबार सम्पन्न बैंकको साधारणसभाले नाम तथा लोगो परिवर्तन र मर्जर सम्बन्धी सञ्चालक समितिको विषेश प्रस्ताव सर्वसहमतिले पारित गरेको प्रमुख कार्यकारी अधिकृत ज्ञानुकृष्ण अधिकारीले जानकारी दिए ।

बैंककै कर्मचारीको मिलेमतोमा गुड फर पेमेन्ट चेक काण्डमा ८२ करोड रुपैयाँ ठगी गरेकोलगायतका प्रकरणले बैंकको छवि धमिलिएको थियो । त्यसैले, बैंकलाई नयाँ नाम दिएर सञ्चालन गर्न लागिएको हो ।

H and B development bankसाधारणसभाले सञ्चालक समिति अध्यक्षमा सुशील पराजुली निर्विरोध निर्वाचित भएका छन । उनी यसअघि पनि अध्यक्ष नै थिए ।

त्यसैगरी, साधारणसभाले प्रवर्द्धक समुहबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट दुई जना सञ्चालकलाई पनि निर्विरोध निर्वाचित गरेको छ ।

संस्थापक समुहबाट सुशिलराज पराजुली, मेखबहादुर गुरुङ, केदारमान कर्माचार्य र राजेश कुमार अग्रवाल सञ्चालकमा निर्वाचित भएका हुन भने सर्वसाधारण सेयरधनीकातर्फबाट प्रेमराज तिवारी र अजयकुमार सरावगी निर्वाचित भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment