राजधानीबाट आइतबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुमा तामाकोसीमा सेयर विवाद, चुरे संरक्षणमा वन महासंघ नै बाधक, दूधकोसीमा अन्तर्राष्ट्रिय परामर्शदाता चाँडै, डेढ दर्जन बैंक तथा फाइनान्स मर्जरको अन्तिम चरणमा लगायतका खबर छन् ।
कारोबार दैनिकमा चुरे संरक्षणमा वन महासंघ नै बाधक, क्षमताको ४० प्रतिशत मात्रै सिमेन्ट उत्पादन, ८६ मेगावाटको सोलु-दूधकोसी निर्माण भदौदेखि, अब ब्राण्डेज कृषि उपज, नेप्से सामान्य घट्यो लगायतका खबर छन् ।
नागरिक दैनिकमा दूधकोसीका अन्तर्राष्ट्रिय परामर्शदाता चाँडै, वैशाखदेखि डिजिटर सिग्नेचर कायान्वयन, दिनमा दुईका दरले बिजनेस भिसा, तामाकोसीको सेयर बाँडफाँडविरुद्ध रिट, बिग सेल मेला एक लाखले हेरे लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्टमा नेपालको पर्यटन बजार संख्या र गुणस्तरमा भारतीय अगाडि, तल्लो मोदीखोलको निर्माण अहिलेसम्म २५ प्रतिशत, भारतीय होटल ब्राण्ड ‘लीला’ नेपाल भित्रिने, समान सेयर माग्दै माथिल्लो तामाकोसीमा आन्दोलन लगायतका खबर छन् ।
अभियान दैनिकमा तामाकोसी आईपीओ, प्रांगारिक मल कारखानालाई सवा नो करोड अनुदान, उद्योग मन्त्रालयको तीन गुणा बढी बजेट प्रस्ताव, ऋण सम्झौतापछि प्राधिकरणलाई बोलपत्रको बाटो खुल्यो, एनसेलले घटायो कल शुल्क, नेप्से घट्यो, ब्यापार रकम बढ्यो लगायतका खबर छन् ।
आर्थिक दैनिकमा डेढ दर्जन बैंक तथा फाइनान्स कम्पनी ‘मर्जर’ को अन्तिम चरणमा, अन्नपूर्ण होटेलको सेयर कपिल र सिर्जना राणाले कसरी लुटे, पूर्वाधार र उर्जा विकासमा नयाँ फड्को, आठ करोडको लगानीमा सञ्चालित फार्ममा तीन सयालाई रोजगारी, यूटीएलको सेवा सूचारु गर्न पुनरावलोकनको आदेश लगायतका खबर छन् ।
प्रतिक्रिया 4