Comments Add Comment

नागरिक सेवा समाज युएईद्वारा सम्मान

UAEयूएर्इ । नागरिक सेवा समाज यूएईले सञ्चालन गरेको अपाङ्ग महिला अावास मर्मत सम्भार अभियानमा अर्थिक सहयोग गर्नेलाई यूएईको शारजाहमा एक कार्यक्रमकावीच सम्मान गरेको छ ।

समाजका अध्यक्ष प्रभाकर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अपाङ्ग महिला अावास मर्मत सम्भार अभियानमा आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई सम्मानपत्र वितरण गरिएको थियो ।

सोही अभियानबाट उठेको रकम एक लाख ११ हजार एक सय ११ नागरिक सेवा समाज युएईले संकलन गरेर उपाध्यक्ष राजु केसीले इन्टायर पावर इन सोसियल एक्सन (इपीएसए) लाई हस्तान्तरण गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै संस्थाका निवर्तमान अध्यक्ष हिरालाल श्रेष्ठले समाजले विगतमा गरेका सामाजिक कार्यहरुको विस्तार गरेका थिए भने अन्य वक्ताहरु समाजका उपाध्यक्ष राजु केसी र सल्लाहकार बालकृष्ण मरासिनीले सामाजिक क्रियाकलाप कसरी अगाडी बढाउने र नागरिक सेवा समाज नेपालसँग सहकार्य गर्दै कसरी अगाडी बढ्न सकिन्छ भन्नेबारेमा प्रकाश पारेका थिए ।

समाजका सचिव संजय महतले सञ्चालन गरेको उक्त कार्यक्रमको समापन गर्दै सभापति पौडेलले सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment