Comments Add Comment

वैदेशिक लगानी सम्वन्धि अन्तर्राष्ट्रिय नीति बनाउने समितिमा सुवेदी

dr surya-subedi१५ फागुन, लण्डन । अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य सुवेदी वैदेशिक लगानी सम्वन्धि अन्तर्राष्ट्रिय नीति निर्माण गर्न गठन गरेको एक उच्चस्तरिय कार्यसमितिमा नियुक्त भएका छन् । स्वीट्जरल्याण्डको डाभोसस्थित विश्व आर्थिक मञ्च र जेनेभास्थित अन्तर्राष्ट्रिय व्यापार र दिगो आर्थिक विकास केन्द्रले उनलाई सो समितिमा नियुक्त गरेको हो ।

विश्व आर्थिक मञ्च संसारका राजनीतिक नेताहरु, ठूला औद्योगिक लगानीकर्ता र उद्यमीहरुको विश्वको आर्थिकस्थितिबारे छलफल र नीति निर्माण गर्ने प्रतिष्ठित संस्था हो । संसारका विभिन्न प्रतिष्ठित संस्थाबाट विशेष दक्षताका आधारमा नियुक्ति गरिएका विशेषज्ञहरुको उक्त कार्यसमितिमा डा. सुवेदीलाई उनको अन्तर्राष्ट्रिय वैदेशिक लगानी सम्वन्धि कानूनमा भएको दक्षताको आधारमा नियुक्ति गरिएको हो ।

सुवेदी संयुक्त राष्ट्रसंघको क्याम्बोडियाका लागि मानव अधिकार सम्वन्धि विशेष दूतको रुपमा कार्यरत छन् । उनको क्याम्बोडियाका लागि मानव अधिकार सम्वन्धि विशेष दूतको ६ वर्षे अवधि भने सकिनै लागेको वी नेपालीले जनाएको छ ।

सुवेदीको अन्तर्राष्ट्रिय वैदेशिक लगानी पुस्तकहरु पनि प्रकाशित छन् । उनको सन् २००८ मा अक्फोर्डबाट प्रकाशित पुस्तक विश्वका धेरै विश्वविद्यालयमा पठनपाठनमा उपयोग हुँदै आएको छ । उनी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक र लन्डनमा व्यारिष्टर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment