Comments Add Comment

विमानस्थलका कारण रेखा पनि रोकिइन्, अब बसमै भारत जाने

rekha-and-keki
‘टर्किस एयरलाइन्स’को बिमान दुर्घटना भएर अन्तरराष्ट्रिय उडान रोकिएपछि नेपाली कलाकारहरु विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन पाएका छैनन् । जसका कारण, अधिकांश कार्यक्रम केही समयका लागि पछि सरेका छन् ।

शुक्रबार भारतको गुजरातस्थित राजकोटमा आयोजना भएको ‘होली हंगामा’ कार्यक्रममा नायिका रेखा थापा पनि सहभागी हुन सकिनन् । उनको साथमा कलाकार तथा संचारकर्मी श्याम अर्याल पनि सहभागी हुने तयारीमा थिए ।

श्यामले विमानस्थलमा आएको समस्याले गर्दा शुक्रबारको कार्यक्रममा सहभागी हुन नपाएको बताए । उनले शनिबार अब बसमै भएपनि रेखा र आफू भारत जाने तयारीमा लागेको बताए ।

उनले आइतबारबाट हुने कार्यक्रममा भने सहभागी हुनसक्ने बताए । सुरत, अहमदाबाद, पुना, मुम्बई लगायतका विभिन्न १० स्थानमा कार्यक्रम आयोजना हुन लागेको हो । नायिका रेखा थापा मुख्य आकर्षण रहने कार्यक्रमको श्यामले उद्घोषण गर्ने तयारी गरिएको थियो । श्यामले सुनौली हुँदै भारत जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment