Comments Add Comment

कोमलले भेटिन् गोजीमा गाँठ र मनमा आँट भा’को तन्नेरी

komal-indira

काठमाण्डौ । गोजीमा गाँठ र मनमा आँट भएको तन्नेरीलाई आफ्नो जीवनमा आउन पटक-पटक आग्रह गरेकी कोमल वलीले खोजे जस्तै पुरुष भेटेकी छिन् ।

स्वदेश र विदेशका स्टेजमा गीत गाउँदा पटक पटक गोजीमा गाँठ र मनमा आँट भाको तन्नेरीका लागि खुला आह्वान गरेकी उनले अन्ततः त्यस्तो पुरुष अष्ट्रेलिया पुगेर फेला पारिन् ।

‘अष्ट्रेलियमा त त्यस्ता पुरुष धेरै रहेछन् । म छु गोजीमा गाँठ भाको भन्नेहरु धेरै भेटें ।’ अनलाईनखबरसँग कुरा गर्दै कोमलले भनिन् ‘अठार वीस वर्षे तन्नेरीहरुले पनि लाईन मार्न खोजे ।’

एनआरएनको निम्तोमा सांगीतिक टुरका लागि कोमल वली र इन्दिरा जोशी अहिले अष्ट्रेलियामा छन् । अष्टे्रलियाको विभिन्न शहरमा सांगीतिक कार्यक्रममा सहभागी भएकी कोमलले ३ अपि्रलमा मेलबर्नमा कार्यक्रम सकेपछि मात्रै नेपाल फर्किने बताईन् ।

इन्दिरा र कोमल दुबै स्टेजका लोकपि्रय गायिका हुन् । कार्यक्रमको शिलसिलामा उनीहरु दुबैले आफ्ना चर्चित गीत गाएका थिए ।

प्रायः शनिवार, आइतबार मात्रै कार्यक्रम हुने भएकाले हप्ताको छ दिन घुमेरै बितेको कोमलले बताइन् । दोस्रोपटक अष्टे्रलिया पुगेकी कोमललाई बाँकी ६ दिन घुम्न र रमाइलो गर्नमै भ्याइ नभ्याई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment