Comments Add Comment

सन्धिखर्कमा नगर बस सेवा सञ्चालनमा

arghakhachi yatayat९ चैत, अर्घाखाँची ।  अर्घाखाँची सदरमुकाम सन्धीखर्कलाई नगरपालिका घोषणा गरिएपछि पहिलो पटक सोमवारदेखि नगर बस सेवा सूचारु भएको छ ।

पश्चिम नेपाल बस व्यवसायी संघले  सोमबारदेखि सन्धिखर्क नगरपालिकामा नगर बस सञ्चालनमा ल्याएको हो ।

नगर बस सेवाको एक समारोहका बिच सन्धिखर्क नगरपालिका कार्यकारी प्रमुख कृष्णप्रसाद सापकोटाले रिबन काटेर उद्घाटन गरेका थिए । सोमवारदेखि ३ वटा बस सञ्चालनमा ल्याएको पश्चिमाञ्चल बस व्यवसायी संघले केही दिन भित्रै ७ वटा बस सञ्चालन गरी नगर आसपासका बासिन्दालाई सेवा प्रदान गर्ने तयारी गरेको पश्चिम नेपाल बस व्यवसायी संघका केन्द्रीय सदस्य रामबहादुर बस्नेतले बताए ।

नगरबसबाट सन्धिखर्क नगरपालिकाको साथै किमडाँडा, नरपानी, अड्गुरी, खाँचिकोट, ढिकुरा, नुवाकोट, डिभर्ना, अर्घा र वाङ्गलाका बासिन्दाहरुसमेत लाभांवित हुने बताइएको छ ।

यसैबीच, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधि खरेलले सवारी भाडामा पत्रकारहरुलाई छुट दिने प्रतिवद्धता जनाएका छन् । नगर वस सेवा उद्घाटन कार्यक्रममा बोल्दै उनले यात्रुमैत्री वातावरण सिर्जना गरी गाडी सञ्चालन गर्न सवारी चालकलाई आग्रह गरे ।

–शोभाखर पन्थीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment