+
+

एप्पलका सिइओले सारा सम्पत्ति परोपकारमा खर्चिने

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १४ गते १६:१२

TimCookAppleCEO_large

संसारकै सवैभन्दा ठूलो प्रबिधि कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कुकले आफ्नो सारा सम्पत्ति दान दिने घोषणा गरेका छन् ।

अमेरिकाबाट प्रकाशित फर्चुन म्यागेजिनका अनुसार कुकसँग करिव ७८ करोड ५० लाख अमेरिकी डलर (७८ अर्ब ५० करोड रुपैयाँ) बराबर सम्पत्ति रहेको छ ।

आफ्नो दश बषिर्य भान्जाको कलेजका लागि लाग्ने पैसा तिरिदिएपछि बचेको सवै सम्पत्ति परोपकारी काममा खर्च गर्ने उनले बताएका छन् ।
पछिल्लो समयमा संसारकै धनी ब्यक्तिहरुले ठूला परोपकारी काममा खर्च गर्न उदार दील देखाउन थालेका छन् । यसका लागि संसारकै सवैभन्दा धनी बिल गेट्स र वारेन बफेट अग्रणी छन् ।

फेसबुक मालिक मार्क जुकरवर्गले पनि एक अर्ब डलर परोपकारी काममा खर्च गर्ने घोषणा गरिसकेका छन् । अलिबाबाका संस्थापक चिनियाँ नागरिक ज्याक माले पनि अर्बौं डलरको परोपकारी कोष घोषणा गरेका छन् ।

टीम कुक डलर अर्बपति नभएपनि उनले आफ्नो गच्छेअनुसार उदार मनसहित परोपकारी काममा लाग्ने घोषणा गरेका छन् । ५४ बषिर्य कुक एप्पलका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत स्टीभ जब्सको निधनपछि सन् २०११ मा कार्यकारी प्रमुख नियुक्त भएका थिए ।

उनले केही महिना पहिलेमात्र आफु पुरुष समलिंगी भएको खुलासा गरेका थिए । पछिल्लो दिनमा उनले मानवअधिकार र परोपकारी कामका बिषयमा सार्वजनिक प्रतिक्रिया दिन सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?