Comments Add Comment

रिजालले ल्याए स्टेज तताउने दोहोरी गीत (भिडियोसहित)

dohoriपोखरेली लोकदोहोरी गायक घनश्याम रिजालले स्टेज तताउने गीत दर्शक स्रोतामाझ पस्किएका छन् । गाउँघरमा रोदी बस्दा गाइने मौलिक शब्दहरु संकलन गरी उनले नयाँ गीत बजारमा ल्याएका हुन् ।

रोदीको झल्को दिलाउने गीतको बोल ‘सरसर मैतिर सर बसम्ला पिरती लाएर, ठोकठोक मादलु ठोक नचौँला दोहोरी गाएर’ रहेको छ । गीतमा छमछमी नाच्न मिल्ने हुँदा स्टेज कार्यक्रमहरुमा गाउन उपयूक्त रहेको गायक रिजालले बताए ।
मनमा मायाँ भएर पनि नजिक परेर भन्न डराउनेको व्यथा गीतमा रहेको छ । गीतको म्यूजिक भिडियो समेत विल्कुल फरक खालको छ । स्याङ्जाको वालिङ महोत्सवमा सुटिङ गरिएको भिडियो हेर्दा फरक अनुभुती हुन्छ ।

गीतमा रिजालसहित रामजी खाँण र मुना थापाको स्वर रहेको छ । म्यूजिक भिडियोमा पार्वती राई, रामजी खाँणको अभिनय रहेको छ भने घनश्याम रिजाल लगायत दर्जनौं कलाकारले साथ दिएका छन् ।

म्यूजिक भिडियो महोत्सवको सांगितीक कार्यक्रममा छायांकन गरिएको हुँदा महोत्सव हेर्न पुगेका हजारौं दर्शकहरुले नाचेर साथ दिएको देखिन्छ । गीतले नाच्न नचाहाने व्यक्तिलाई पनि नाचौं नाचौं भन्ने गराउने गायक रिजाल बताउँछन् ।
आशिष म्यूजिक प्रालिमार्फत बजारमा आएको गीतले छोटो समयमै चर्चा बटुल्न थालेको गायक रिजालको दाबी छ । फाष्ट मेलोडी भएको गीत हुँदा दर्शकस्रोताले रुचाएका हुन् ।

एक दशक अगाडि सांगिगितक क्षेत्रमा प्रवेश गरेका रिजालले लोकदोहोरीको अलवा तीजका गीतसमेत दर्शक स्रोतामाझ पस्किदै आएका छन् । उनको पहिलो गीत ‘मन मुटुमा तस्वीर केरेर’ २०६२ सालमा बजारमा आएको थियो ।

त्यसपछि उनले भर्भर आगो बल्दै हुनेछ, मस्र्याङ्दी र मादी, फोन गर है दिनमा एक फेर, सबको पछि लाग्ने भाको छु बजारमा ल्याए । क्यार्नी ओइ बाटुली र भन्देउ न मायाँ उनका तीजका एल्बम हुन् ।

उनको शब्द संकलनमा तीन दर्जन बढी गीतहरु बजारमा आइसकेका छन भने त्यति नै गीतमा लय संकलन समेत गरेका छन् । उनले शब्द तथा लय संकलन गरेका गीतहरु राजन कार्कीले गाउँदै आएका छन् ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान गण्डकी अञ्चल कार्यसमितिका महासचिव रिजाल दर्जन भन्दा बढी सामाजिक संघसंस्थामा आवद्ध रहेका छन् । उनी पोखराको मूख्य बजार पृथ्वीचोकमा रहेको हाम्रो दोहोरी साँझका सञ्चालक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment