Comments Add Comment

विश्वकपपछि इमरान ताहिरले सन्यास लिने

२१ फागुन, काठमाडौं । दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिरले इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप क्रिकेटपछि सन्यास लिने घोषणा गरेका छन् ।

उनले इंग्ल्यान्ड र वेल्समा २०१९ को मे ३० देखि जुलाई १४ तारिखसम्म आयोजना हुने आईसीसी विश्वकपपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्यास लिने घोषणा गरेका हुन् ।

पाकिस्तानमा जन्मेका ताहिरले दक्षिण अफ्रिकासँग भद्र सहमति गरेको भन्दै विश्वकपपछि सन्यास लिने बताएका हुन् । तर उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेट भने खेल्नेछन् ।

३९ वर्षीय ताहिरले एकदिवसीय क्रिकेटमा सन् २०११ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । उनले ९५ एकदिवसीयमा १५६ विकेट लिएका छन् ।

इमरान ताहिरले वेष्ट इन्डिजविरुद्धको आफ्नो डेब्यु खेलमा नै उत्कृष्ट बलिङ गर्दै चार विकेट लिन सफल भएका थिए । त्यसपछि उनी टिममा नियमित पर्न थाले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment