Comments Add Comment

राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी सार्वजनिक

२० फागुन, काठमाडौं । राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी सार्बजनिक भएको छ । जर्सीसँगै अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ लागो र फुटबल गीत पनि सार्वजनिक गरिएको छ ।

एन्फाले सोमबार पत्रकार सम्मेलन गरी नयाँ जर्सीसँगै एन्फाको लोगो र फुटबल गीत सार्वजनिक गरेको हो ।

नेपाली फुटबल टोलीको जर्सीमा देब्रेपट्टी एन्फाको लोगो हुनेछ । यसअघि त्यस ठाउँमा राष्ट्रिय झण्डा राखिएको थियो ।

जर्सीमा सगरमाथाको आकृति पनि बनाइएको छ ।

यसअघि नेपाली फुटबलको जर्सी २०७४ सालमा परिवर्तन गरिएको थियो । केल्मीले नेपाली फुटबललाई स्पोन्सर गरेपछि जर्सीको डिजाइन परिवर्तन गरिएको थियो । अहिले पनि स्पोन्सर केल्मी छ ।

त्यस्तै एन्फाको नयाँ लोगो सार्वजनिक पनि भएको छ । एन्फाको लोगोको माथि सगरमाथा छ । लोगोको तल्लोपट्टी नेपालको झण्डा राखिएको छ । लोगोको एक छेउमा बनाइएको फुटबलमा सात प्रदेशको प्रतिक पनि राखिएको छ । लोगोको डिजाइन सन्दीप तिवारीले गरेका हुन् । ५७० वटा डिजाइनमा उत्कृष्ट ठहरिएको यो लोगोका डिजाइनर सन्दीपले ५० हजार रुपैयाँ प्राप्त गरे ।

एन्फाले पहिलो पटक फुटबल गीत पनि बनाएको छ । गीतको बोल छ, ‘फुटबल फुटबल फुटबल, हामी खेल्छौ देशको नाम राख्छौ ।’

यो गीत राष्ट्रिय गीतकै रचनाकार ब्याकुल माइलाले गरेका हुन् । प्रदीप बम्जनले संगीत भरेका छन् भने आनन्द कार्की, शिव परियार, इन्दिरा जोशी लगायतले स्वर दिएका छन् ।

जर्सी सार्वजनिक कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबलमा विस्तारै सुधार भइरहेको दाबी गरे । खेलाडीहरुले खेलेरै बाँच्ने आधार निर्माण गर्ने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment