Comments Add Comment

तथ्यांकभित्रको मिथ्यांक : कुल जनसंख्याभन्दा बढीलाई टेलिफोन सेवा !

१९ फागुन, काठमाडौं । नेपालमा विभिन्न मोबाइल सेवा प्रदायकसँग हालसम्म करिब ४ करोड प्रयोगकर्ता आवद्ध भएका छन् । जसमध्ये कति मोबाइल प्रयोगकर्ता सक्रिय छन् भन्ने एकीन छैन् ।

पुससम्मको तथ्यांकअनुसार मोबाइल सेवातर्फ विक्री वितरण भएको जीएसएम सिम र सीडीएमएको संख्या मात्र ३ करोड ९१ लाख छ । २० लाख ६२ हजारभन्दा बढी सीडीएमए प्रविधि प्रयोगकर्ता छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म सबै खालका टेलिफोन सेवा लिनेको संख्या ३ करोड ९९ लाख ६५ हजार ६४३ छ ।

सेवा प्रदायकमा मुख्य प्रतिस्पर्धा नेपाल टेलिकम र एनसेलबीच छ । टेलिकमका सबै किसिमका टेलिफोनका प्रगोगकर्ता २ करोड १२ लाख ९४ हजार छन् । त्यस्तै, आफ्नो सेवाग्राही संख्या १ करोड ६३ लाख पुगेको एनसेलको दाबी छ ।

यो आँकडाले नेपालको कुल जनसंख्याभन्दा करिब ३६ प्रतिशत बढी नेपाली टेलिफोन सेवाग्राही भएको देखाउँछ । एउटै व्यक्तिले दोहोरो सिम/रिम र फिक्स्ड टेलिफोन सेवा प्रयोग गरेकाले फरक फरक गणना हुँदा यस्तो देखिएको हो ।

विकट स्थानहरुमा मोबाइलसहित फोन सेवा पुगेकै छैन । यो अवस्थामा दोहोरो÷तेहोरो सेवा लिएकाहरुको फरक गनणा गरेर अचम्मको तथ्यांक निकालेको देखिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल सब्स्क्राइबर तथ्यांकलाई बास्तविक बनाउन ‘नो योर कस्टमर’ (केवाईसी) फारम भर्ने प्रणाली ल्याउन लागिएको बताउँछन् ।

टेलिफोनमा कसको हिस्सा कति ?

हाल नेपाल टेलिकमको ‘फिक्स्ड’ टेलिफोन अन्तरगत पीएसटीएन प्रयोगकर्ता ६ लाख ७६ हजार र वायरलेसका प्रयोगकर्ता १ लाख २३ हजार छन् ।

गत पुससम्मको एमआईएस रिपोर्टका अनुसार मोबाइलमा जीएसएमतर्फ टेलिकमले १ करोड ८८ लाख सिम वितरण गरेको छ भने सीडीएमएका प्रयोगकर्ता १६ लाख ३१ हजार छन् ।

त्यस्तै, स्मार्टका प्रयोगकर्ता १९ लाख ६३ हजार छन् भने स्याटेलाइट टेलिकमको हेल्लो नेपालका मोबाइल प्रयोगकर्ता ३ लाख २८ हजार ।

मोबाइलको सिम वितरण कुल जनसंख्याभन्दा ३३ प्रतिशत बढी भएको देखिन्छ । फिक्स्ड लाइन भने हालसम्म २.७३ प्रतिशत जनतामा मात्र पुगेको छ ।

कम्पनीहरुले प्राधिकरणलाई दिने तथ्यांकका आधारमा ‘सब्स्क्राइबर रिपोर्ट’ बनाईन्छ । उनीहरुले हालसम्म वितरण भएका सेवालाई आफ्नो प्रयोगकर्ताको संख्यामा गणना गर्छन् । तथ्यांक अविश्वसनीय बन्नुको मुल कारण यसैलाई मानिएको छ । संख्या जति देखिए पनि कुन कम्पनीका कति सक्रिय प्रयोगकर्ता भन्ने अन्योल छ ।

इन्टरनेटमा को अघि ?

सरकारी तथ्यांकअनुसार नेपालमा इन्टरनेट सेवाको पहुँच ५६ प्रतिशतभन्दा बढी जनसंख्या माझ पुगेको छ । यो तथ्यांकमा पनि फोनमा जस्तै प्रशस्तै दोहोरोपना छ ।

जस्तो, एनसेल र एनटीसीका सेवा लिएका एक व्यक्तिलाई दुई जना मानेर गणना गर्दा सहि तथ्यांक आउँदैन । फिक्स्ड ब्रोडब्याण्ड र मोबाइल ब्रोडब्याण्ड दुबै प्रयोग गरिरहेका एउटै व्यक्तिको गणना पनि दुई पटक हुँदा आधा जनसंख्याले इन्टरनेट सेवा प्रयोग गरेजस्तो देखिएको प्राधिकरणका प्रवक्ता अर्याल बताउँछन् ।

स्मार्टफोनको बढ्दो प्रयोगसँगै इन्टरनेट प्रयोगकर्ताको संख्या थपिइरहेको प्राधिकरणको गत पुस मसान्तसम्मको तथ्यांकले देखाउँछ ।

एक करोड ६६ लाख १२ हजार नेपालीले इन्टरनेट सेवा प्रयोग गरिरहेको प्राधिकरणको एमआईएस रिर्पोटले देखाउँछ ।
त्यस अनुसार, डेढ करोडभन्दा बढीले तारसहितको फिक्स्ड ब्रोडब्याण्ड, ताररहित फिक्स्ड ब्रोडब्याण्ड र मोबाइल ब्रोडब्याण्डमार्फत इन्टरनेट चलाईरहेका छन् । ५६ प्रतिशतमध्ये ४४ प्रतिशत हिस्सा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताको छ ।
त्यस्तै, तारसहितको फिक्स्ड ब्रोडब्याण्डको हिस्सा ११ प्रतिशत भने ताररहित फिक्स ब्रोडब्यायाण्ड प्रयोग गर्नेहरु १.२३ प्रतिशत छन् ।

गत पुससम्म नेपाल टेलिकमबाट ७८ लाख ९० हजार र एनसेलबाट ६१ लाख ११ हजार जनाले इन्टरनेट सेवा लिएको देखिन्छ ।
टेलिकमले थ्रीजीमा ५९ लाख ४५ प्रयोगकर्ता पाएको छ भने एनसेलले ४५ लाख २२ हजार । फोरजीमा टेलिकमका ६ लाख ९५ हजार प्रयोगकर्ता रहेको देखिन्छ भने एनसेलमा १५ लाख ८८ हजार प्रयोगकर्ता आवद्ध छन् ।

टेलिकमको एडीएसएल सेवा प्रयोगकर्ता १० लाख १७ हजार छन् । त्यस्तै, केबल एफटीटीएच सेवा लिनेको संख्या २२ लाख ३९ हजार छ । इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)हरुले २२ लाख ३२ प्रयोगकर्ता बनाएका छन् । टेलिकमको यो सेवा सातहजार ५०० प्रयोगकर्तामा सिमित देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment