Comments Add Comment

अधिकारीको पार्थिव शरीरमा ओली र प्रचण्डले ओढाए पार्टीको झण्डा

Photo Credit : चन्द्र आले/अनलाइनखबर

१९ फागुन, काठमाडौं । दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका हुन् ।

अधिकारीको सम्मानमा मिनेट मौनधारण समेत गरिएको थियो । अधिकारीको पार्थिव शरीरलाई मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा राखिने छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

अधिकारीको गएराति ८२ वर्षको उमेरमा निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेता कार्यकर्ता र सर्वसाधारणको नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा घुइँचो लागेको छ ।

नेकपाले नेता भरतमोहन अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । साथै यही फागुन २३ गते दिवंगत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त रुपमा आयोजना गर्ने निर्णयसमेत नेकपाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment