Comments Add Comment

उत्कृष्ट पुनरागमन गर्दै बार्यन म्युनिख सेमिफाइनलमा

Bayern Munich

९ वैशाख, काठमाडौं । पोर्टोविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा ३-१ को अप्रत्यासित हार ब्यहोरेको बार्यनले घरेलु मैदानमा भएको दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्‍यो र पोर्टोलाई ६-१ ले हराउँदै समग्रमा ७-४ ले विजयी भएको छ ।

बार्यनले २७ मिनेटभित्र तीन गोल गरेर खेललाई आफ्नो अनुकुल अवस्थामा ल्याइसकेको थियो । १४ औं मिनेटमा थिएगो, २२ औं मिनेटमा बोटेङ र २७ औं मिनेटमा रोबर्ट लेभान्डोसीले गोल गर्दै बार्यनलाई ३-० को अग्रता दिलाए ।

एक पक्षीय खेलको ३६ औं मिनेटमा थोमस मुलरले गोल गरे भने ४० औं मिनेटमा लेभान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा बार्यन म्युनिख ५-० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफको ७३ औं मिनेटमा पोर्टोका लागि मार्टिनेजले गोल गरे । तर, ८८ औं मिनेटमा एलोन्सोले गोल गर्दै बार्यन म्युनिखलाई ६-० को महत्वपूर्ण जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment