Comments Add Comment

आईपीएलमा चेन्नईद्वारा बैंग्लोर पराजित

१० वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २७ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनायो ।

Suresh Raina

चेन्नईले १२ रन जोड्दा पहिलो विकेटका रुपमा ब्रेन्डन म्याकलमलाई गुमाएको थियो । तर, ड्वेन स्मिथ र सुरेश रैनाले पारी सम्हाले । रैनाले मात्र ३२ बलमा ६२ रन बनाए भने स्मिथ ३९ रनमा आउट भए । फाफ डुप्लेसिसले ३३ रनको योगदान दिए ।

बैंग्लेरका युजबेन्द्र चाहलले ३ विकेट लिए भने इकबाल अब्दुल्लाहले २ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको बैंग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १५४ रन मात्र जोड्न सक्यो ।

उसका लागि कप्तान विराट कोहलीले ५१ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । एबी डिभिलियर्स १४ रनमै आउट भए ।

बैंग्लोरसलाई सस्तैमा समेट्ने क्रममा आशिष नेहराले ४ ओभरमा १० रन खर्चिएर ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment