Comments Add Comment

दश वर्षमा २० हजार मेगावाट बिजुली : बामदेव गौतम

१० वैशाख, काठमाडौं । उपप्रधानमन्त्री वामदेव गौतमले अबको १० वर्ष भित्र २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना बनाउन राष्ट्रिय योजना आयोगलाई सुझाव दिएका छन् । उनले प्राथमिकताका आधारमा पूर्वाधार योजना बनाउन पनि सुझाव दिए ।

Bamdev-Gautam

राष्ट्रिय योजना आयोगद्वारा विहीबार आयोजित बजेट पूर्वाधारसम्बन्धी उच्चस्तरीय गोष्ठीमा गौतमले भने, ‘पूर्वाधार विकासका लागि ऊर्जा मुख्य आधार हो, त्यसतर्फ योजना निर्माताको ध्यान जानुपर्छ, आगामी दश वर्षभित्र २० हजार मेगावाट विद्युत् उत्पादन गरिनुपर्छ ।’

नेपालको हालको पूर्वाधार योजना पञ्चायती नमूनाको भएको भन्दै उनले समय सापेक्ष परिवर्तन हुनुपर्ने खाँचो औंल्याए । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका गृहमन्त्री गौतमले स्थायी रणनीतिक योजना हिमाल, पहाड, तराई कतै पनि नरहेका कारण समयसापेक्ष पूर्वाधार योजना तयार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण तयार गर्नुपर्ने बताए ।

९७ खर्ब लगानी खाँचो

योजना आयोगका उपाध्यक्ष प्रा. डा. गोविन्दराज पोखरेलले नेपाललाई अल्पविकसितबाट विकसित तर्फ लैजानका लागि ९७ खर्ब लगानी आवश्यक पर्ने बताए । त्यसका लागि पूर्वाधार विकासमा जोड दिएर बजेट तय गरी देशको आर्थिक वृद्धिदर बढाउनुपर्नेमा उनले जोड दिए । यसमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको पोख्रेलले धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment