Comments Add Comment

आइएमईको साढे २ करोड प्रधानमन्त्री उद्दार कोषमा

IME-Rahat

२५ वैशाख, काठमाडौं । आइएमई समूहले शुक्रबार २ करोड ५० लाख रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई हस्तान्तरण गरेको छ । समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले सोही रकम बराबरको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।

सो अवसरमा अर्थमन्त्री डा. रामशरण महत, गभर्नर डा. चीरञ्जीवी नेपाल लगायतको उपस्थिती रहेको थियो । सहयोग रकम भूकम्प प्रभावित परिवारको उद्दार, राहत र पुर्नस्थापनामा खर्च गरिने छ ।

कुल सहयोग रकममध्ये २ करोड आइएमई लिमिटेड र ५० लाख रुपैयाँ ग्लोबल आइएमई बैंकबाट उठाएको बताइएको छ । चेक हस्तान्तरणमा ग्लोबल आइएमई बैंकका उप-प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा  बजार प्रर्वदन प्रमुख डेनियल डी. श्रेष्ठको उपस्थिती थियो ।

यसअघि दुई संस्थाले छुट्टाछुट्टै रुपमा सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, रसुवा, चित्लाङ्ग, ललितपुर, कीर्तिपुर, सतुङ्गल लगायतका क्षेत्रमा चामल, दाल, नुन, चाउचाउ, त्रिपाल, टर्चलाइट, औषधि वितरण गरिरहेको छ ।

आइएमई समूहले ५ प्रभावित जिल्लामा ५ वटा विद्यालय बनाउने प्रतिवद्घता समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment