Comments Add Comment

भूकम्प पीडितलाई एनटीएको ५ करोड सहयोग

२८ वैशाख, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले भूकम्प पीडितलाई ५ करोड ५ लाख ८५ हजार रुपैयाँ सहयोग गरेको छ । प्रधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई प्रदान गरेको छ ।

Nepal-Telecommunications-Authority-finalप्राधिकरणका अध्यक्ष दिगम्बर झाले बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे । प्राधिकरण दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियामक निकाय हो ।

प्राधिकरणको कोषबाट ५ करोड रूपैयाँ र कर्मचारीको तलवबाट ५ लाख ८५ हजार रूपैयाँ कोषलार्इ प्रदान गरिएको एनटीएका प्रवक्ता अच्यूतानन्द मिश्रले जानकारी दिए ।

यसअघि दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले भूकम्प पीडितलाई २७ करोड ७५ हजार रकम उपलब्ध गराएको छ । टेलिकमले भूकम्प गएको दिनदेखि ६ दिनसम्म १ अर्ब ४६ करोड रुपैयाँ बराबरको निःशुल्क सेवा प्रदान गरेको थियो ।

साथै, ऐतिहासिक सम्पदा पुनर्निर्माणमा एक अर्ब खर्चिने पनि टेलिकमले जनाएको छ । एनसेलले पनि भूकम्पको समयमा निःशुल्क एसएमएस उपलब्ध गराइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment