Comments Add Comment

‘भूकम्पको क्षति दाबी भुक्तानी यथाशिघ्र गर्न प्रयत्नशिल छौं’

६ जेठ, काठमाडौं । नेपाल बिमक संघले विनाशकारी भूकम्बाट भएको धनजनको क्षतीप्रति सम्पूर्ण बीमा कम्पनीहरु संवेदनशील रहेको दाबी गरेको छ । सम्पूर्ण बीमा कम्पनीले बीमित र बिमकको हकहितप्रति गम्भिर भएर आफ्नो कर्तव्य निभाउने संघको भनाई छ ।

बीमा कम्पनीहरुमा बीमा भई भूकम्पबाट क्षती भएका सम्पत्तीप्रति यथाशिघ्र दाबी भुक्तानी गर्न प्रयत्नशिल रहेको संघले बताएको छ ।

बीमितहरुको सम्पत्तीको बीमा सुरक्षा गुर्न बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरुको हितको लागि काम गर्न निरन्तरता दिनका लागि समेत व्यवस्था गर्न अत्यन्त जरुरी रहेको अवस्थामा हालसम्म बीमाको रक्षावरण नभएका सम्पत्तीहरुको बीमा गर्न आउने नयाँ ग्राहकहरुको लागि उपरोक्त विषयमा ध्यान राख्दै अन्तर्राष्ट्रिय प्रचलनअनुसार कुलिङ पिरियड/एपि्रहेन्सन पिरियड लगाई बीलेख जारी गर्ने निर्णय भएको संघले जनाएको छ ।

बीमा शुल्क सम्बन्धमा पनि नयाँ बीमा गर्दा अहिलेको अवस्थामा पूनर्बीमामा थप शुल्क लागेको अवस्थामा नयाँ दररेटमा बीमा गर्ने निर्णय गरि लागू गरिएको बीमा अन्तर्राष्ट्रिय प्रचलन तथा विद्यमान बीमा नीति नियमअन्तर्गत भएको संघले महशुस गरेको छ ।

नेपालमा कार्यरत सबै निर्जिवन बीमा कम्पनीहरुको निर्णयअनुसार नयाँ बीमालेख जारी गर्दामात्र भूकम्प जोखिमको लागि कुलिङ पिरियड/एपि्रहेन्सन पिरियड कायम गरिएको र सोही जोखिममा मात्र बीमा शुल्क वृद्धि गरकेको संघले स्पष्ट पारेको छ ।

असहज परिस्थितिको कारण पुनर्बीमा दरमा वृद्धि हुन गएको परिस्थितिलाई ध्यानमा राखी साबिक रहेको बीमालेखको नविकरणमा नभई हालको परिस्थितिबाट उत्पन्न हुनसक्ने क्षतीका कारणले नयाँ बीमालेख जारी गर्दामात्र लागू हुनेगरि भूकम्प जोखिमको दरमा बीमा समितिबाट जारी अग्नी बीमादर सम्बन्धी निर्देशिकाभित्र रहेर बीमा शुल्क दरमा परिमार्जन गरेको संघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment