८ जेठ, काठमाडौँ । भूकम्पबाट घर भत्केका परिवारका लागि तत्काल अस्थायी टहरा बनाउन सरकारले प्रतिघर रु १५ हजार प्रदान गर्नेगरी प्रभावित जिल्लामा रकम पठाएको छ ।
भूकम्पबाट घर भत्किएका करिब आठ लाख परिवारका लागि पहिलो किस्तामा दुई अर्ब ५० करोड रूपैयाँ आज सम्बन्धित जिल्लामा पठाइएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।
जिल्ला दैवी प्रकोप उद्धार तथा समन्वय समितिले भोलिदेखि पीडितलाई उक्त रकम वितरण गर्ने ढकालले बताए । रासस