Comments Add Comment

विप्लव माओवादीका चार नेता पक्राउ

२२ जेठ, काठमाडौं । भूकम्प पीडितका लागि भन्दै निजी व्यक्तिको जग्गामा टहरा बनाएको भन्दै प्रहरीले विप्लव माओवादीका जिल्ला सेक्रेटरीसहित चार नेतालाई पक्राउ गरेको छ ।

माओवादी चितवन जिल्ला सेक्रेटरी महेशसँगै रघुवि पुरन र विद्यार्थी नेता भीमलाई प्रहरीले गिरफ्तार गरेको छ । भरतपुर-१५ मंगलपुर फुर्तिचोकमा आश्रति भूकम्प प्रभावितमाथि सरकारले दमन गरेको माओवादीले आरोप लगाएको छ ।

त्यस क्रममा प्रहरी र माओवादी कार्यकर्ताबीच झडप समेत भएको छ । आफ्ना दर्जन नेता कार्यकर्ता घाइते भएको विप्लव माओवादीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment