Comments Add Comment

रिमेक चलचित्र खेल्न साहरुखले गरे अस्विकार

अहिले बलिउडमा रिमेकको लहर चलेको छ । पुराना बलिउड चलचित्रदेखि हलिउड, तामिलका चर्चित चलचिहरुको रिमेक धमाधम भइरहेको छ । बलिउड स्टार शाहरुख खानलाई पनि एक तामिल चलचित्रको रिमेकका लगि अफर पुगेको छ । तर, शाहरुख भने उक्त चलचित्रमा काम गर्ने मनस्थितीमा छैनन् । तामिलको निकै सफल चलचित्र ‘मर्सल’को रिमेकका लागि उनलाई अफर गरिएको थियो ।

साहरुख निकट स्रोतले भारतीय मिडियालाई दिएको जानकारी अनुसार उनी अहिले कुनै रिमेक चलचित्रमा काम गर्ने मुडमा छैनन् । पछिल्लो चलचित्र ‘जिरो’ असफल भएपछि उनी चलचित्रको छनोटमा केही सचेत देखिएका छन् ।

जुन पायो त्यहीँ चलचित्रमा काम नगर्ने दृणता उनले देखाएका छन् । ‘जीरो’को असफलताले तर्सिएका साहरुखले यसअघि अन्तरिक्ष यात्री राकेश बर्माको बायोपिक चलचित्रमा काम गर्न पनि अस्विकार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment