Comments Add Comment

कस्तो होला ‘ए मेरो हजुर ३’ र ‘यात्रा’को इनिसियल व्यापार ?

भोली शुक्रबारदेखि रिलिज हुन लागेका दुई चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’को व्यापार कस्तो होला भन्ने कौतुहलतामा चलचित्र क्षेत्र चनाखो बनेको छ । यूवापुस्तामाझ लोकप्रिय मानिएका नायक अनमोल केसी र चकलेटी नायक सलिनमान बनियाँको अभिनय रहेका कारण पनि यी दुई चलचित्रलाई लिएर कौतुहलता बढ्नु स्वभाविक हो ।

भोलीबाट रिलिज हुने यी दुई चलचित्रलाई मल्टिप्लेक्समा केही समस्या परेको छ । भोली शुक्रबार मल्टिप्लेक्समा ९ वटा चलचित्रले शोज पाएका छन् । वितरकको चर्को राजनीतिकका कारण केही अंग्रेजी चलचित्र समेत जर्बजस्ती यो मितिमा रिलिज भएका छन् । यसैले पनि दुई नेपाली चलचित्रले कम शो पाएका छन् । काठमाण्डौको ठूलो चेन भएको क्यूएफएक्समा चलचित्र ‘ए मेरो हजुर ३’ले ११ शोज पाएको छ । यस्तै, ‘यात्रा’ले भने ७ शोज पाएको छ । यी दुबै चलचित्रका लागि यो शोज कम हो । अंग्रेजी चलचित्र धेरै भएकाकारण दुई नेपाली चलचित्रले कम शोज पाएका हुन् ।

कलाकार, चलचित्रको ब्रान्ड, गीतसंगीत र प्रचारका कारण पनि ‘ए मेरो हजुर ३’ले ३ दिनमा बम्पर कमाई गर्ने अनुमान गर्न सकिन्छ । यस्तै, चलचित्र ‘यात्रा’को व्यापार पनि सुखद हुने अपेक्षा गर्न सकिन्छ । तर, पछिल्लो समयमा नेपाली चलचित्र हेर्न दर्शकको चासो कम भएकाकारण पनि यी दुबै चलचित्रले शुक्रबार दर्शकलाई हलसम्म तान्न आवश्यक छ ।

शनिबार र आइतबार परेको नयाँ बर्षका कारण दुबै चलचित्रलाई ठूलो फाइदा मिल्नेछ । सिंगल हलमा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’को व्यापार बम्पर हुने अनुमान लगाइएको छ । मल्टिप्लेक्सका दर्शकले चलचित्रको समिक्षा पनि पर्खन सक्ने विश्लेषण गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment