+
+
Shares

बुटवलको रेस्टुरेन्टमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २८ गते ८:०५

२८ चैत, बुटवल । बुटवलका कालिकानगरस्थित एक रेष्टुरेन्टमा बुधबार राति आगलागी भएको छ ।

कालिकापथस्थित गणेश पन्तको घरको दोस्रो तलामा रहेको ड्याडी किचन (रेस्टुरेन्ट) मा आगलागी भएको हो ।

रेस्टुरेन्टको फ्रिजको तार सर्ट भएर भएको आगलागीबाट करिब ५ लाख बराबरको सामान क्षति भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

समयमै पुगेको दमकल र स्थानीयको सहयोगले आगो नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?