+
+
Shares

प्रसारणलाइन मर्मतका क्रममा घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १०:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत् प्राधिकरणले करेन्ट लागेर घाइते कर्मचारी सन्देश मगरलाई उपचार र क्षतिपूर्तिबापत १९ लाख ७८ हजार ३०१ रुपैयाँ दिने निर्णय गरेको छ।
  • मेलम्ची वितरण केन्द्रअन्तर्गत आम्बोटेमा १५ केभी प्रसारणलाइनको डिस्क पिन बदल्ने क्रममा ११ चैत २०८२ मा मगर घाइते भएका थिए।
  • उनले १० लाख रुपैयाँ पेश्की पाइसकेका छन्, अब बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ वितरण केन्द्रमार्फत उपलब्ध गराइनेछ।

२५ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते कर्मचारीलाई उपचार क्षतिपूर्ति र अन्य क्षतिपूर्तिबापत १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

मेलम्ची वितरण केन्द्र कार्यक्षेत्रमा पर्ने मेलम्ची नगरपालिका-१० आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भन्ने शेरबहादुर मगर १५ केभी प्रसारणलाइनको डिस्क पिन बदली गर्ने क्रममा ११ चैत २०८२ सालमा करेन्ट लागेर घाइते भएका थिए ।

उनलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । उपचारमा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत क्षतिपूर्ति विनियमावलीअनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो ।

मगरले १० लाख रुपैयाँ पेश्की लगिसकेका छन् । अब बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ विनियमावलीअनुसार सम्बन्धित वितरण केन्द्रमार्फत घाइतेलाई उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?