Comments Add Comment

ग्रेटर अस्टिनबाट ३३ हजार ६७४ डलर सहयोग

grater austin

टेक्सास । अमेरिकाको टेक्सासस्थित ग्रेटर अस्टिन नेपाली सोसाइटीले नेपालका भूकम्प पीडितका लागि ३३ हजार ६७४ डलर सहयोग प्रदान गरेको छ ।

टेक्सास राज्य अन्तर्गत अस्टेनको फूल्गर्भिल पब्लिक लाइब्रेरीमा भूकम्पमा हाम्रो सहयोग र भूमिका तथा विविध विषयमा भएको अन्तरक्रियामा सहयोग घोषणा गरेको हो ।

ग्रेटर अस्टिन नेपालका अध्यक्ष गेहेन्द्र केसीले एनआरएन अमेरिकाका नव निर्वाचित अध्यक्ष डा.केशव पौडेललार्इ चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा ग्रेटर अस्टेनको सल्लाहकार डा.कमल अधिकारी, एनआरएनका उपाध्यक्ष राम सी पोख्रेल, एनआरएनका कोषाध्यक्ष वेद वस्नेत, एनआरएनका बोर्ड डाइरेक्टर बिनोद तिवारी, एनआरएनका टेक्सास राज्यका अध्यक्ष उत्तम लामिछाने लगायतले अहिले नेपालमा भूकम्पले ल्याएको विपत्तिमा एनआरएनको योगदान उल्लेखनीय भएकोमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment