Comments Add Comment

‘सिंहदरबार’मा गौरी मल्ल प्रथम नेपाली महिला प्रधानमन्त्री

gauri-malla
नायिका गौरी मल्ललाई यतिबेला नेपालको प्रथम महिला प्रधानमन्त्री बनाएर एक टेलिश्रृङ्खलाको छायांकन भैरहेको छ । २ महिनापछि प्रशारणमा ल्याउने तयारीका साथ यो श्रृङ्खलाको छायांकन अहिले धमाधम भैरहेको छ ।

१३ भागको यो सिरियलमा गौरी मल्लले सुशासन, नेतृत्व र उत्तरदायित्वको कुरा गर्नेछिन् । महिला प्रधानमन्त्री बन्दा हुने दुख र उसले पाउने चुनौतीको कथालाई यो सिरियलमा उतारिनेछ ।

नेपालको केन्दि्रय राजनीतिमा महिलालाई माथि आउने नदिने प्रचलन छदैछ । यो श्रृङ्खलामा यो बिषयले बढी स्थान पाउनेछ । यसको निर्देशन छिरिङरितार शेर्पाले गरिरहेका छन् ।

संविधान बनेपछि नेपालको राजनीति कसरी अगाडि बढ्छ भन्ने बिषयमा यो श्रृङ्खला तयार गरिएको निर्देशकको भनाई छ । निर्माता यूवकर राज राजकणिर्कारका अनुसार यो श्रृङ्खलाले जनतालाई सरकारप्रति उनीहरुको दायित्व र भूमिकाको बिषयमा जानकारी गराउनेछ ।

यो श्रृङ्खलाको मुख्य पात्रको रुपमा अभिनय गरिरहेकी नायिका गौरी मल्लले ‘सिंहदरबार’ले देशको विभिन्न बिषय, सरकारले भोग्ने चुनौती र जनताले दैनिक भोग्दै आएका समस्यालाई उठान गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment