Comments Add Comment

जान्वीसँग सपना सजाउँदै सविन

sabin-and-janwi
नायक सविन श्रेष्ठ नव-कलाकार जान्वी बोहरासँग सपना सजाउने तयारीमा छिन् । असार र साउनमा हल संचालकहरुले चलचित्र चलाएको खण्डमा निर्मातालाई ६० प्रतिशत शेयर दिने बताएपनि कुनै निर्माता अगाडि सरेनन् ।

यसैले पर्दामा सविन र जान्वीको जोडीलाई लिएर तयार भएको चलचित्र ‘सपना तिम्रो मेरो’ साउन २२ गतेबाट प्रदर्शन गर्न निर्माता तम्सिएका छन् । लेखक तथा निर्देशक ऋषिराज आचार्यका अनुसार दर्शकले राम्रो चलचित्र हेर्न खोजिरहेको समयमा लामो समय चलचित्र प्रदर्शन  नभएकाले चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

चलचित्रमा सुशान्त कार्की पनि मुख्य भूमिकामा छन् । प्रेमको कथा बोकेको यो चलचित्रलाई आरपी मुभिजको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा राहुल राइको छायांकन, अर्जुन पोख्रेलको संगीत, सम्राट बस्नेतको एक्सन छ ।

साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रले २ हप्ता हल सोलो रुपमा पाउनेछ । यसैले पनि निर्माता प्रदर्शनका लागि अगाडि सरेको देखिएको छ । यो चलचित्रको गीतले चलचित्र बजारमा राम्रै चर्चा पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment