Comments Add Comment

पर्यटक तान्न सौराहामा रोपाईं विशेष कार्यक्रम

१४ असार, चितवन । भूकम्पपछि सुनसान रहेको पर्यटकीय नगरी सौराहामा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले रोपाईं विशेष कार्यक्रम हुने भएको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर असार १५ मा ‘रोपाई विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो ।
Sauraha-ma-Ropai
क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाको संयोजनमा विहान ८ बजेदेखि रत्ननगर नगरपालिका १८ स्थित होटल सेन्ट्रल पार्क अगाडि सुरु हुनेछ ।

सकेसम्म धेरै विदेशी पर्यटकलाई लक्षित गरी विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम पनि गरिने छ । हिलो खेल्दै धान रोप्ने र विदेशी पर्यटक पनि खेतालाको भूमिकामा कार्यक्रममा रमाउने रेवान सौराहाका अध्यक्ष लालबहादुर भटले बताए ।

देशको विशेषताअनुसार पर्यटन व्यवसायलाई कृषिसँग जोडेर रोपाईं विशेष कार्यक्रम आयोजना गर्न लागिको क्षेत्रिय होटल संघ सौराहाका उपाध्यक्ष भेषराज दवाडीले बताए ।

सोही अवसरमा साउने प्रतियोगिता, असारे गीतसँगै हात्ती सहित रोपाइ, विदेशी र नेपालीसहित विभिन्न समूहको रस्साकस्सी, हिले दौडलगायत कार्यक्रम समेत हुने क्षेत्रिय होटल संघका महासचिव राममणि खनालले बताए ।

रत्ननगर नगरपालिकाकोे विशेष सहयोगमा हुन लागेको कार्यक्रममा रेवान सौराहा, चितवन पर्यटन विकास समिति, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड, बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायीक वन सहित १५ संघसंस्थाको समेत सहभागिता रहने छ ।
कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ ।
(राजेन्द्र आचार्यबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment