लिम्बु जातीको संस्कृतीको प्रवर्द्धन गर्न लिम्बु विद्यार्थी मञ्च सुनसरीले आयोजना गरेको कल्चरल शोमा ‘मिस लिम्बु २०१५’ का विजेता र सहभागी युवतीहरुले लिम्बु पहिरन र संस्कृती प्रस्तुत गरे ।
धरान १५ चुम्लुङ हिममा सोमबार साँझ आयोजीत कार्यक्रममा मिस लिम्बुका विजेता र सहभागी युवतीहरुले लिम्बु जातीको पहिरन मेख्लीसँगै ढाकाको सारी र क्याजुअल पहिरनमा फेशन शो प्रस्तुत गरे ।
मिस लिम्बु २०१४ की मिस चार्मिङ कुन्नी हाङस्रोङले कोरियोग्राफी गरेको कल्चरल शोमा मिस लिम्बु २०१५ विजेता विष्णु चेम्जोङ, फस्टरनरअप मेरिना चेम्जोङ, सेकेन्ड रनरअप साङ्मा खापुङ, कल्पना इस्वो, स्मेना अवाजुङ, मनिता साँवा, आङसाङ इस्वो, सुजु श्रेङ चोङ्वाङ, अनिसा बोखिम, लक्ष्मी योङहाङ, रिचा सेनेहाङ लगायत सहभागी भए ।
कार्यक्रममा गायक रुकमान लिम्बु, हर्षु राई, पदम राई र समिर सिंगकले गीत गाए भने कलाकारहरुले लिम्बु गीतमा नृत्य प्रदर्शन गरे । मिस लिम्बुलाई सम्मान र लिम्बु जातिको संस्कृती प्रवर्द्धन गर्न यस्तो कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक मेरिना तुम्साले बताईन् ।