Comments Add Comment

साउदी राजकुमारले ३२ अर्ब डलर लोकल्याणमा खर्च गर्ने

saudi-arabia-prince-alwaleed-bin-talal-story-top

रियाद । साउदी अरेबियाका अर्बपति राजकुमार अलवालिद बिन तलालले आफ्ना सम्पत्तिमा ३२ अर्ब अमेरिकी डलर आउँदा वर्षमा लोकल्याणकारी परियोजनामा खर्च गर्ने घोषणा गरेका छन् ।

राजकुमार तलालले बुधबार विज्ञप्ति प्रकाशन गरी यी सम्पत्तिबाट सांस्कृतिक समझदारी विस्तार गर्न सेतु तयार गर्ने, समुदाय विकास गर्ने, महिलालाई शसक्त बनाउने, युवालाई सक्षम बनाउने, प्रकोपमा राहत उपलब्ध गराउने तथा बढी सहष्णु तथा स्वीकार्य विश्व विकास गर्न सहयोग गरिने बताएका छन् ।

यो दान आउँदा वर्षमा राम्रोसँग योजना बनाइ खर्च गरिने छ । उनले यी रकम कहिले खर्च गरिने भन्ने समय सीमा नभएको बताए ।

अलवालिदले यससम्बन्धी गुठीको सञ्चालक समितिको अध्यक्ष आफू हुने र त्यसले यो रकम खर्च गर्ने जिम्मेवारी लिने बताएका छन् । उनले यो रकम आफ्नो मृत्युपछि पनि मानवीय परियोजना तथा प्रयासमा खर्च गरिने पिन बताए ।

राजकुमार अलवालिद साउदी राज परिवारका सदस्य हुनुहुन्छ र उहाँ स्वर्गीय राजा अब्दुल्लाहका भतिजा हुन् । परम्परावादी इस्लामिक मुलुकका राजकुमार अलवालिद कुनै पनि सरकारी पदमा हुनुहुन्न र उहाँले आर्थिक विषयमा समयसमयमा टिप्पणी गर्छन ।

एक पत्रकार सम्मेलनमा उनले बिल तथा मेलिन्डा गेट्स फाउन्डेसन तथा अमेरिकाका अन्य लोककल्याणकारी कोषको नमुनामा आफूले यस्तो दृढता व्यक्त गरेको बताएका छन् ।

सार्वजनिक रूपमा सेयर कारोबार हुने आफ्नो संस्था किङडम होल्डिङको मुख्यालयको ६६ औँ तलामा उहाँले यो रकम यस संस्थामा रहेको सम्पत्तिभन्दा पृथक भएकोछ । साउदी अरेबियाका अर्बपति राजकुमार अलवालिद बिन तलालले यस संस्थाको अध्यक्ष हुन् ।

किङडम होल्डिङले युरो डिज्नेदेखि फोर सिजन्स होटेल र सिटिग्रुपमा लगानी गरेको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment