Comments Add Comment

सपथग्रहण लगत्तै प्रधानन्यायाधीशले सम्हाले न्यायालयको कमान्ड

Kalyan-Shrestha-padbhar

२३ असार, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीस कल्याण श्रेष्ठले बुधवारबाटै आफ्नो कार्यभार सम्हालेका छन् । राष्ट्रपति डा. रामवरण यादवबाट पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै श्रेष्ठ पदभार ग्रहणका लागि सर्बोच्च अदालत जादैछन् । रामकुमार प्रसाद शाहले उमेरका कारण बुधवारबाटै अवकाश पाएका छन् ।

साहको कार्यकालमा विवादस्पद बनेको अदालतको छबी सुधार्नु प्रधानन्यायाधीश श्रेष्ठको मुख्य चुनौति बनेको छ । श्रेष्ठ न्याय क्षेत्रमा निडर र स्वच्छ छबी बनाएका न्यायाधीशका रुपमा चिनिन्छन् । उनले आफ्नो कार्यकालमा न्यायालयको छबी सुधार्न सम्पूर्ण शक्ति खर्च गर्ने बताएका छन् । संविधानसभाले संविधान जारी गर्न लागेका बेला प्रधानन्यायाधीश बनेका श्रेष्ठका लागि संविधानमा न्यायिक सर्बोच्चता कायम गराउनु अर्को ठूलो चुनौति हो ।

अलग्गै संवैधानिक अदालतको विपक्षमा रहेको न्यायपालिका नयाँ संविधान जारी भएपछि न्यायाधीशको पुननियुक्तिको पनि विपक्षमा छ । दलहरुबीच संवैधानिक अदालत १० वर्षका लागि राख्ने सहमति अनुसार संविधानको प्रारम्भिक मस्यौदा पारित भइसकेको छ । न्यायाधीश पुननियुक्तिको विषय भने अहिले पनि दलहरुबीच विवादमै छ । प्रधानन्यायाधीशका रुपमा श्रेष्ठले सर्बोच्च अदालतमा अब ९ महिना काम गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment