Comments Add Comment

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको पक्षमा नम्रतादेखि प्रियंका

namrata-shrestha
देशले नयाँ संविधान पाउँदैछ । संविधान भित्र के कस्ता व्यवस्था गर्ने भन्ने बिषयमा अहिले जनताले पनि खुलेरै आफ्नो अभिमत राखिरहेका छन् । साउन ४ र ५ गते देशभरका जनतासँग संविधानका बिषयमा सुझाव संकलनका क्रममा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको पक्षमा उनीहरु उभिएको देखियो । यसैले पनि यतिबेला शिर्ष दलका नेतृत्वलाई संसदबाट प्रधानमन्त्री वा राष्ट्रपति चुन्ने व्यवस्थालाई हटाएर जनताबाटै नेतृत्व चुन्ने बिषयमा दबाब परेको छ ।

जनताले आफै देशको नेतृत्व चुन्न पाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । यो बिषयमा नेपाली चलचित्रका कलाकार पनि खुलेरै अगाडि आएका छन् ।

नायिका नम्रता श्रेष्ठले काठमाण्डौका विभिन्न १० स्थानमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर अभियान संकलन गर्न लागिएको र यसमा सहभागी हुन भन्दै सबैलाई आग्रह गरिन् । आज बिहान १० बजेबाट यो अभियान थालिएको हो ।

नम्रताले मात्र होइन नेपाली चलचित्रका थुप्रै कलाकारले यसको पक्षमा सामाजिक संजालबाट आफ्नो मत राखिरहेका छन् । जसमा समर्थन गर्दै सयौ फेसबुक र ट्विटर प्रयोगकर्ताले यो व्यवस्था लागू हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

नम्रताले फेसबुकमार्फत यो अभियानमा सहभागी हुन आग्रह गर्दै लेखिन्-‘यदि तपाई राम्रो सोच भएको नेतृत्व आफैले चुन्न पाउने कुरामा सहमत हुनुहुन्छ भने अभियानमा सहभागी हुनुहोस् ।’
namrata-requestअर्की अभिनेत्री प्रियंका कार्कीले पनि हामीले हाम्रो प्रधानमन्त्री आफै चुन्न पाउनुपर्छ भन्दै फेसबुक र ट्विटरमार्फत अभिमत जाहेर गरिन् ।
कलाकारदेखि जनताको मत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिमा गएपछि अहिले संविधानको मस्यौदामा छलफल गरिरहेका दलहरुलाई पनि दबाब परेको छ ।
निर्देशक निश्चल बस्नेतले पनि आज दशहजार हस्ताक्षर संकलन गर्न लागिएको जानकारी गराउँदै ठिक लागे साथ दिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment