Comments Add Comment

अनियमित निद्राका कारण क्यान्सरको खतरा

sleeping

तपाइँको सुत्ने कार्यतालिका कस्तो छ ? कतै अनियमित त छैन ? यदि त्यसो हो भने अबदेखि यस्तो आदत त्याग्नुहोस् र सुत्ने वा निद्रा लिने तालिकालाई नियमित बनाउनुहोस् । यदि निद्रा अनियमित भयो भने त्यसबाट क्यान्सर पैदा हुने खतरा रहने वैज्ञानिकहरुले गरेको पछिल्लो अनुसन्धानले देखाएको छ ।

करेन्ट बायोलोजी नामक जर्नलमा प्रकाशित शोध अनुसार मुसामा गरिएको परीक्षणले निद्राको अनियमित प्याट्रनलेे सरीरमा क्यान्सरको जोखिम बढ्ने पुष्टि गरेको छ ।

विभिन्न सिफ्टमा काम गर्ने मानिसको स्वास्थ्यमा अनियमित निद्राको खराब असर बढि पर्ने यसअघिको मान्यतालाई पछिल्लो अनुसन्धानले बल पूराएको बीबीसीले उल्लेख गरेको छ ।

शोधकर्ताहरुका अनुसार जो महिलाको परिवारमा स्तन क्यान्सर हुने वंशाणुगत समस्या छ उनीहरुले विभिन्न समय अर्थात् सिफ्टमा काम गर्ने जागिर गर्नै हुदैन । सिफ्टमा काम गर्दा मानिसको काम र आराम अर्थात् निद्राको समय फरक फरक पर्दछ जसका कारण मानिसको निद्रा अनियमित बन्दछ । यस्तो अनियमित निद्राले परिवारमा स्तन क्यान्सरको इतिहास भएका महिलाहरुमा पनि स्तन क्यान्सर पैदा हुने जोखिमलाई बढाउने ठहर वैज्ञानिकहरुको छ ।

शोधकर्ताहरुले सिफ्टमा काम गर्ने तथा विमान परिचारिकाको रुपमा काम गर्ने महिलामा स्तन क्यान्सरको खतरा बढि हुने सम्भावना रहेको बताएका छन् ।

वजन बढ्ने खतरा

अनुसन्धानका क्रममा प्रयोग गरिएका मुसाहरुमध्ये जसको निद्राको प्याट्रन अनियमित थियो त्यस्तो मुसा सामान्य खानेकुरा खानुका बाबजुत पनि मुसाको वजन अन्य मुसा भन्दा २० प्रतिशत बढि पाइयो । अनियमित निद्रा तथा कामका कारण सरीरको आन्तरिक लय अर्थात् जैविक घडी अस्तव्यस्त हुने र त्यसले क्यान्सर कोषिकाहरुको वृद्धि तथा फैलावट बढाएर रोगको खतरा बढाउने शोधकर्ताहरु बताउँछन् ।

अनुसन्धान अनुसार प्रयोगमा लिइएका जुन मुसाहरुमा स्तन क्यान्सर हुने खतरा थियो उनीहरुको जैविक घडी एक वर्षसम्म हरेक हप्ता १२ घण्टा पछाडि भएकेा थियो ।

सामान्य रुपमा पचास हप्तामा ट्युमर पैदा हुनेमा निद्रामा लगातार बाधा उत्पन्न हुँदा आठ हप्तामै ट्युमर उत्पन्न हुने गरेको पाइएको छ ।

बेलायतको मेडिकल रिसर्च काउन्सिलका डाक्टर माइकल हेस्टिंग्सले मुसामा गरिएको अध्ययनका आधारमा सरीरको जैविक घडीमा बाधा उत्पन्न हुँदा स्तन क्यान्सर अपेक्षाकृत तिव्र रुपमा विकशित हुने कुराको स्पष्ट सबूत फेला परेको बताए ।

त्यसैले मानिसहरुले आफ्नो सरीरको वजनको बारेमा ध्यान दिनुपर्ने, स्तनको नियमित चेकजाँच गराउनुपर्ने र कार्यस्थलको स्वास्थ्यमा समेत ध्यान दिनुपर्ने उनको भनाइ छ ।-बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment