Comments Add Comment

न्यूजिल्याण्डमा ११ अप्रिलबाट बन्दुक प्रतिवन्ध !

Photo Credit : AFP

७ चैत, काठमाडौं । क्राइस्टचर्चमा बन्दुकधारीको आक्रमणबाट ५० जनाको ज्यान गएपछि न्यूजिल्यान्डले आफ्नो विद्यमान बन्दुकसम्बन्धी कानुन परिवर्तन गर्ने भएको छ ।

क्राइस्टचर्च शहरका २ मस्जिदमा गत शुक्रबार ५० जनाको ज्यान जाने गरी बन्दुकधारीले आक्रमण गरेपछि न्यूजिल्यान्डमा बन्दुक कानुनबारे बहस चलेको छ । अधिकांशले विद्यमान कानुन परिवर्तन गर्नुपर्ने मत जायर गरिरहेका छन् ।

यहीबीच, प्रधानमन्त्री जासिन्डा अरडर्नले अर्धस्वचालित हतियारमाथि प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेकी छन् । बीबीसीका अनुसार, उनले अप्रिल ११ सम्ममा त्यससम्बन्धी नयाँ कानून लागू हुने अपेक्षा गरेकी छन् ।

‘आक्रमणको ६ दिनपछि हामी सैन्य स्टाइलका अर्धस्वचालित र एसल्ट राइफलमाथि प्रतिबन्धको घोषणा गर्दै छौं’, प्रधानमन्त्री जासिन्डाको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

यी हतियारसँग सम्बन्धित पार्टपुर्जाको साथै सबै किसिमका उच्च क्षमताका म्यागजिनमा पनि न्यूजिल्यान्डले प्रतिबन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment