Comments Add Comment

लियोनल मेस्सीको ट्याटुमा लुकेको कथा

लियोनल मेस्सी, जसका लाखौं प्रशंसक छन्, नेपालमै पनि । विश्व फुटबलका यी जादुगर फगत खेल-कौशलकै लागि मात्र पि्रय छैनन् । उनीसँग जोडिएका अरु कुरा पनि घतलाग्दा छन् । जस्तो उनको ट्याटुकै कुरा ।

ट्याटु, सामान्यत हामी हात, गोडा, गर्दन, छाती वा शरीरका कुनैपनि भागमा खोपाउने गर्छौं । हामीमध्ये कतिलाई लाग्छ, यो केवल फेसन हो । स्टाइल हो । त्यसैले त अक्सर ‘किन ट्याटु खोपाएको’ भन्ने प्रश्नमा उत्तर दिने गर्छन्, ‘स्टाइलको लागि ।’

तर, ट्याटुको सम्बन्ध स्टाइलसँग मात्र छैन । यसको केही अर्थ र मूल्य पनि रहन्छ । जस्तो कि लियोनल मेस्सीकै ट्याटुको कुरा गरौं । उनले किन ट्याटु खोपाएका हुन् ? के छ त्यसको अर्थ ?

मेस्सीको ट्याटु

अहिले धेरै फुटबलरहरुमा ट्याटुको क्रेज बढ्दो क्रममा छ । त्यसमध्ये केहीको ट्याटु खोपाउनुको पछाडि सुन्दर कथा रहेको छ भने केहीले सौखका लागि यत्तिकै पनि ट्याटु खोपाउने गरेको पाइन्छ ।

त्यस्ता धेरै फुटबलरहरुमध्य बार्सिलोनाका फुटबल खेलाडी लियोनल मेस्सी पनि एक हुन् । पछिल्लो पुस्ताका चर्चित फुटबल खेलाडी मेस्सीको यदी तपाईं साच्चैको फ्यान हो भने तपाईंलाई उनको ट्याटुको बारे अवश्य थाहा हुनु पर्छ । यसको पछाडी लुकेको सुन्दर कथाबारे पनि थाहा हुनुपर्छ ।

मेस्सी आˆना टिम मेट डेनी अल्वेसबाट प्रभावित छन्, जसले आˆनो सम्पूर्ण शरीरमा ट्याटु खोपेका छन् । सुरु सुरुमा मेस्सी ट्याटु खोप्न भनेपछि निकै डराउँथे ।  उनले आˆनो गर्लप|mेण्ड एन्टोनेलालाई पहिले ट्याटु खोप्न भनेका थिए  । र, जब उनले पहिलो पटक आˆनो शरीरमा ट्याटु खोपे त्यसपछि भने उनलाई ट्याटु खोप्नबाट कसैले रोक्न सकेन । हाल मेस्सीको ढाड, कुम, पाखुरा तथा खुट्टामा विभिन्न किसिमका ट्याटु खोपिएका छन् । जसको आ-आफ्नै महत्व छ ।

तर फेरि त्यस्तो के भयो जसका कारण मेस्सीले एक हैन, दुई हैन कयौ ट्याटु खोपेका छन् ?

आमाको ट्याटु

मेस्सीले सन् २०१०मा सबैभन्दा पहिले आˆनो शरीरमा आमाको मृहार आकृत ट्याटु खोपेका थिए । उनी आˆनो आमालाई निकै माया गर्दथे । यति माया गर्थे की उनको अनुहारको ट्याटु नै आˆनो शरीरमा खोपे  । खेल मैदान जति पटक पनि मेस्सीले आˆना सर्ट खोले, मानिसहरुले त्यो ट्याटु अवश्य देखे । मेस्सीको आमाको नामा सेलिया मारिया क्यूसिटिनी हो ।

छोराको ट्याटु 

मेस्सीले सन् २०१२ मा आˆनो शरीरमा दोश्रो ट्याटु बनाएका थिए । मेस्सीले यो ट्याटु आˆना छोरा थियागोको जन्मेको खुशी मनाउन खोपेका थिए । भनिन्छ, यो ट्याटु उनको हृदयको नजिक छ । उनले आˆनो खुट्टामा छोराको नामको साथमा दुई ससाना हातको चित्र बनाएका थिए ।

फुटबल प्रतिको माया र सम्मान

कुनै पनि फुटबल खेलाडीका लागि उसको खुट्टाले कति महत्व राख्छ भन्ने कुरा उसलाई भन्दा बढी कसलाई थाहा होला । मेस्सीकेा हकमा पनि यही कुरा लागु हुन्छ । मेस्सीले आˆनो खुट्टामा बनाएका ट्याटुले उनको पछिल्लो टेयाटुको सुन्दरतालाई अझै धेरै दर्शाउँछ ।

उनले आˆनो खुट्टामा एउटा तरवार, एउटा फुटबल र आˆनो जर्सीको नम्बरको ट्याटु खोपेका छन् । मेस्सी आˆनो जिन्दगीको दुई महत्वपूर्ण कुरालाई दुवै खुट्टामा यादको रुपमा संगालेका छन् । जसमा एउटा खुट्टाको ट्याटुले छोरा प्रतिको उनको प्रगाढ प्रेम दर्शाउँछ भने अर्को खुट्टामा उनको फुटबलको प्रति माया र सम्पर्ण झल्किन्छ ।

रोज विन्डोको ट्याटु

बार्सिलोनाका खेलाडी मेस्सी आˆनो शहरलाई असाध्यै प्रेम गर्थे । यो कुरा उनको ट्याटुमा पनि प्रस्ट देख्न सकिन्छ । उनको हातमा निर्मित ट्याटुमा बार्सिलोनाको एक प्रसिद्ध चर्च सागरदा फेमिलियाको रोज विन्डो देखिन्छ ।

ईसा मसीहाको ट्याटु

मेस्सीको दाहिने ट्राइसेपमा बनाएको ट्याटुलाई हेरेर यतिसम्म भन्न सकिन्छ कि उनी कति धेरै धार्मिक प्रवृतिका थिए । उनले आˆनो ट्राइसेपमा ईसा मसीहाको ट्याटु बनाएका थिए । मेस्सी अहिले पनि समय समयमा चर्च जाने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment