१ असोज, काठमाडौं । पछिल्लो २६ घण्टामा देशका केही जिल्लामा भारी वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार लमजुङ, कपिलवस्तु, म्याग्दी, नवलपुर र संखुवासभामा भारी वर्षा भएको छ ।
समाचार तयार पार्दासम्म यो अवधिमा लमजुङमा ८६.८, कपिलवस्तुमा ८३, म्याग्दीमा ६८.६, नवलपुरमा ६७ र संखुवासभामा ६५.९ मिलिमिटर वर्षा मापन भएको छ ।
यी पाँचै जिल्लाका स्टेशनहरुमा मापन भएको वर्षालाई भारी वर्षा भएको मानिन्छ । २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र १० देखि ५० मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ ।
यस्तै सोही अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने २०० मिलिमिटरभन्दा पनि धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भनिन्छ ।
आज पनि देशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
प्रतिक्रिया 4