+
+
Shares

पृथ्वी राजमार्ग १८ दिनपछि दुईतर्फी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते ७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको कृष्णभिरमा नयाँ ट्र्याक खुलेपछि १८ दिन अवरुद्ध पृथ्वी राजमार्ग आज बिहान ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ।
  • भोटेकोशीको विनाशकारी बाढीपछि त्रिशूलीमा आएको बाढीले १४ भदौमा कृष्णभिरमा सडक कटान गरेपछि राजमार्ग बन्द भएको थियो।
  • प्रशासनले पृथ्वी राजमार्गका विभिन्न स्थानमा अझै पहिरो, सडक भासिने र ढुंगा-माटो खस्ने जोखिम रहेकाले चालक र यात्रुहरूलाई सावधान रहन आग्रह गरेको छ।

३१ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्र्याक खोलिएसँगै १८ दिनपछि दुईतर्फी सवारीसाधनहरू गुड्न थालेका छन् ।

भोटेकोशीमा विनाशकारी बाढी आएको चार दिनपछि अर्थात १४ भदौमा त्रिशूलीमा आएको बाढीले कृष्णभिरमा सडक कटान गरेपछि त्यसयता यो राजमार्ग अवरुद्ध थियो ।

२८ भदौमा केही हेभी सवारीसाधन पास गराएर नयाँ ट्र्याकको परीक्षण गरिएको थियो । त्यसपछि पनि नयाँ ट्र्याकलाई पूर्णता दिन निरन्तर काम गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय धादिङले आज बिहान ६ बजेदेखि पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याउने निर्णय बुधबार गरेको थियो ।

कृष्णभिर क्षेत्रमा सम्बन्धित निकायहरूको निरन्तरको प्रयासबाट नयाँ ट्र्याक निर्माण गरिएको भन्दै आज बिहान ६ बजेदेखि राजमार्ग दुईतर्फी सञ्चालन गर्ने निर्णय गरिएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले जानकारी दिइन् ।

पृथ्वी राजमार्गका विभिन्न स्थानहरूमा अझै पनि सडक भासिने, पहिरो जाने, ढुंगा-माटो खस्ने त था अन्य जोखिम कायमै रहेको भन्दै प्रशासनले सवारी चालक र यात्रुहरूलाई सावधान अपनाउन अनुरोध समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आज बिहानैदेखि पृथ्वी राजमार्गमा सवारीसाधनहरू सञ्चालनमा आएका छन् ।

पृथ्वी राजमार्ग सञ्चालनमा आएसँगै संघीय राजधानी काठमाडौं आउजाउ गर्न यात्रुहरूलाई सहज हुने भएको छ ।

पृथ्वी राजमार्ग बन्द हुँदा सो मार्ग भएर चल्ने ठूला तथा साना सवारीसाधनहरू वैकल्पिक राजमार्ग प्रयोग हुँदै काठमाडौं आउजाउ गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?