News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको कृष्णभिर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनको चाप बढेको छ।
- भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएको थियो।
- मुख्य राजमार्ग मर्मत र पुनःसञ्चालनमा ढिलाइ हुँदा कान्ति लोकपथ भएर यात्रा गर्ने यात्रु र सवारीको संख्या बढेको छ।
२१ भदौ, काठमाडौं । धादिङको कृष्णभिर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनको चाप उल्लेख्य रूपमा बढेको छ ।
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको थियो ।
सडक सञ्जाल विच्छेद भएपछि यातायातका साधनहरूले वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गरिरहेका छन् ।
मुख्य राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक सडकमा सवारीको चाप थपिएपछि आवागमनमा समेत प्रभाव परेको छ ।
राजमार्गका विभिन्न स्थानमा सडक बगाएका कारण मर्मत र पुन:सञ्चालनमा ढिलाइ हुँदा कान्ति लोकपथ भएर यात्रा गर्ने यात्रु र सवारीको संख्या वृद्धि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4